नागरिक भन्छन्- ‘स्थिति सामान्य नभएसम्म लकडाउन गर्नुपर्छ’ : सर्भे
गुगलपाटी संवाददाताकाठमाडौँ — नेपाली नागरिकहरुले कोरोना भाइरस९कोभिड–१९० संक्रमणले निम्त्याएको जटिल अवस्था सामान्य नभएसम्मका लागि लकडाउनलाई निरन्तरता दिए राम्रो हुने बताएका छन् । शेयरकास्ट इनिसियटिभ नेपालले कोरोना भाइरससँग सम्बन्धित विषयमा गरेको राष्ट्रिय सर्वेक्षणमा सहभागी अधिकाशंले स्थिति सामान्य नहुनञ्जेलसम्मका लागि लकडाउन गरेकै राम्रो हुने विचार व्यक्त गरेका हुन् ।
नेपालमा लकडाउन लगाइएको पहिलो दिन चैत ११ गते काठमाडौंको चक्रपथअन्तर्गत एकान्तकुनाको दृश्य फाइल तस्बिर स् कान्तिपुर
शेयरकास्ट इनिसियटिभ नेपालका लागि मधु आचार्य, भूमिराज चापागाईं र रमेशप्रसाद अधिकारीले गरेको सर्वेक्षणमा सहभागीमध्ये ६८।२ प्रतिशतले अवस्था सामान्य नहुँदासम्मका लागि लकडाउन गरेकै राम्रो हुने बताएका हुन्। त्यस्तै ५।९ प्रतिशतले भने अझै एक हप्ता लकडाउनको अवधि बढाउँदा राम्रो हुने बताएका छन्। सरकारले दोस्रो पटक लकडाउनको अवधि बढाउँदै वैशाख ३ सम्म पुऱ्याएको छ। त्यस्तै सर्वेक्षणमा अझै २ हप्ता लकडाउन गर्नुपर्छ भन्नेहरु ५।९ प्रतिशत रहेका छन् भने ३ हप्ता र ४ हप्त गर्नुपर्छ भन्नेको संख्या क्रमशस् १।७ प्रतिशत र १।६ प्रतिशत रहेको छ।
त्यस्तै केहीले भने सरकारले लकडाउनको विकल्प सोच्नुपर्ने बताएका छन्। लकडाउनको साटो व्यापक रुपमा स्वास्थ्य परीक्षण र उपचारमा जोड दिनुपर्छ भन्नेहरुको संख्या ५।२ प्रतिशत रहेको छ। त्यस्तै यसबारेमा थाहा नहुने र भन्न नचाहनेको संख्या पनि ११।३ प्रतिशत रहेको छ।
लकडाउनअघि खाद्यान्न र तरकारी किन्ने धेरै
त्यस्तै सर्वेक्षणमा सोधिएको अर्को प्रश्न ‘लकडाउन सुरु हुनुभन्दा अघि तपाईंले आफ्नो घरपरिवारका लागि आवश्यक के–के सामग्री किन्नु भएको थियोरु’ भन्ने प्रश्नमा अधिकांशले खाद्यान्न र तरकारीको जोहो गरेको बताएका छन्। सर्वेक्षणमा सहभागीमध्ये ५३ प्रतिशतले लकडाउन सुरु हुनुभन्दा अघि खाद्यान्न र तरकारी किनेको बताएका छन्। सरकारले पूर्वतयारीको समय नदिएकाले पनि हुन सक्छ झन्डै आधाले भने ‘खासै तयारी केही गरिएन’ भन्ने जवाफ दिएका छन्।
सर्वेक्षणमा सहभागीमध्ये ४३।६ प्रतिशतले लकडाउनअघि खासै तयारी नगरेको बताएका छन्। त्यस्तै १७ प्रतिशतले लकडाउनअघि मास्क किनेको बताउँदा एक प्रतिशतले पञ्जा किनेको उल्लेख गरेका छन्। लकडाउनअघि औषधि९प्राथमिक औषधि० किन्नेहरुको संख्या ७।६ प्रतिशत रहेको छ भने स्यानिटाइजरको जोहो गर्नेको संख्या ७।१ प्रतिशत रहेको छ। त्यस्तै लकडाउनअघि ग्याँसको जोहो गऱ्यौं भन्नेको संख्या पनि १६।९ प्रतिशत रहेको छ। सर्वेक्षणमा सहभागीमध्ये २३।५ प्रतिशतले लकडाउनअघि साबुन किनेको बताएका छन्।
कोरोना भाइरसबाट बच्न मास्क लगाउनुपर्छ भन्ने धेरै
सर्वेक्षणमा कोरोना भाइरसबाट आफू र परिवारका सदस्यलाई कसरी सुरक्षित राख्ने भन्नेबारेमा थाहा छ भन्नेहरु ९८।६ प्रतिशत रहेका छन्। यसमा थाहा छैन भन्ने नगण्य १।४ प्रतिशत मात्रै रहेका छन्। तर कोरोना भाइरसको संक्रमणबाट बच्न मास्क लगाउनुपर्छ भन्नेहरुको संख्या भने अत्यधिक रहेको छ।
सर्वेक्षणमा सहभागी ७५।१ प्रतिशतले कोरोना भाइरसको संक्रमणबाट बच्न मास्क लगाउनुपर्छ भनेका छन्। त्यस्तै बेलाबेलामा साबुनपानीले हात धुने वा अल्कोहलयुक्त स्यानिटाइजर प्रयोग गर्नुपर्छ भन्ने पनि ९० प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ। त्यस्तै हाछ्युँ गर्दा वा खोक्दा रुमाल वा टिस्यु वा कुहिनाले नाकमुख छोप्नुपर्छ भन्नेको संख्या ३० प्रतिशत रहेको छ। त्यस्तै भीडभाडबाट टाढा रहुनपर्छ भन्नेहरु ८६।३ प्रतिशत रहेका छन्।
कोरोना भाइरसले रोगप्रतिरोधात्मक क्षमता कम भएकालाई बढी असर गर्छ भन्ने चिकित्सकहरुको भनाइका कारणले पनि होला सर्वेक्षणमा सहभागीमध्ये १६।९ प्रतिशतले पोषिलो खानेकुरा खानुपर्छ भनेका छन्। अहिलेसम्म घरपालुवा जनावरबाट कोरोना संक्रमणको पुष्टि भएको छ। तर सर्वेक्षणमा सहभागीमध्ये ४।३ प्रतिशतले शाकाहारी बन्दा वा मासु नखाँदा कोरोना भाइरसको संक्रमणबाट बच्ने सम्भावना रहेको बताएका छन्। त्यस्तै बिरामी, रुघाखोकी लागेको व्यक्तिबाट टाढा रहनुपर्छ भन्नेहरु २२।१ प्रतिशत रहेको सर्वेक्षणले देदाएको छ।
‘कोरोना भाइरस संक्रमणको डर धेरै छ’
सर्वेक्षणमा सोधिएको अर्को महत्वपूर्ण प्रश्न ‘के तपाईंलाई आफू वा आफ्नो परिवारका सदस्यहरु कोरोना भाइरसको महामारीमा परिन्छ कि भन्ने डर लागेको छरु’ भनेर सोधिएको थियो। यस प्रश्नमा ‘डर लागेको छ’ भन्नेहरु ६४।४ प्रतिशत रहेका छन्। त्यस्तै ३५।६ प्रतिशतले ‘डर लागेको छैन’ भन्ने उत्तर दिएका छन्। यो प्रश्नकै पूरक प्रश्नका रुपमा ‘तपाईंलाई किन डर लागेको होलारु’ भनेर सोधिएको थियो। धेरैले खुला सिमाना भएकाले कोरोना संक्रमणको उच्च जोखिम रहेको उल्लेख गर्दै आफूलाई डर लागेको बताएका छन्। २८।१ प्रतिशतले खुला सिमाना भएको र यसले संक्रमण निम्त्याउन सक्ने उल्लेख गर्दै आफूलाई डर लागेको बताएका हुन्।
त्यस्तै ‘विदेशबाट फर्केकाहरुको कोरोना परीक्षण नभएकाले गर्दा’ आफूलाई डर लागेको बताउनेहरु २८ प्रतिशत रहेका छन्। त्यस्तै आफ्नो घर समुदायमा विदेशबाट आउनेहरु धेरै भएकाले पनि डर लागेको बताउनेहरु २१।७ प्रतिशत रहेका छन्। स्वास्थ्य परीक्षण र उपचारको सुविधा नभएकाले डर लागेको बताउनेहरु २४।३ प्रतिशत छन् भने कोरोना भाइरसको संक्रमणबाट बच्ने पर्याप्त जानकारी नभएकाले डर लागेको बताउने १४।८ प्रतिशत छन्।
त्यस्तै साबुन, मास्क र स्यानिटाइजर किन्न आफूसँग पैसा नभएकाले पनि संक्रमणको डर लागेको बताउने १०।२ प्रतिशत रहेका छन्। त्यस्तै ‘मलाई यसबारेमा केही पनि थाहा छैन, त्यसैले लागिहाल्छ कि भन्ने डर लाग्छ’ भन्नेहरु ५ प्रतिशत रहँदा ‘थाहा छैन’ भन्नेहरुले १२।२ प्रतिशत छन्।
रेडियो सबैभन्दा बढी प्रभावकारी
कोरोना भाइरसको प्रभावसँगै अधिकांश छापामाध्यम बन्द भएका छन्। अहिले रेडियो, अनलाइन र टेलिभिजनबाट नै नियमित रुपमा समाचार प्रकाशन तथा प्रसारण भइरहेको छ। सर्भेले देखाएको तथ्यांकअनुसार कोरोना भाइरसको संक्रमणका बारेमा सबैभन्दा प्रभावकारी ढंगले सूचना सम्प्रेषण रेडियोले गरेका छन्। सर्वेक्षणमा सहभागीमध्ये ६७।३ प्रतिशतले रेडियोबाट नियमित रुपमा सूचना तथा जानकारी पाएको बताएका छन्।
त्यस्तै ६२।७ प्रतिशतले आफूले प्राप्त गर्ने सूचनाको प्रमुख माध्यम टेलिभिजन बताउँदा ०।७ प्रतिशतले मात्रै पत्रपत्रिकाबाट सूचना पाएको बताएका छन्। पछिल्लो समय नेपालमा अनलाइन न्युज पोर्टलहरुको संख्या बढे पनि सर्वेक्षणमा सहभागीमध्ये ११।६ प्रतिशतले मात्रै अनलाइनलाई आफ्नो सूचना प्राप्त गर्ने माध्यमका रुपमा लिएको पाइएको छ। त्यस्तै फेसबुकबाट नियमित रुपमा जानकारी पाइरहेको छु भन्ने २५।९ प्रतिशत छन् भने ट्विटरबाट ०।७ प्रतिशत मात्रै। त्यस्तै साथीभाइ र परिवारका सदस्यबाट थाहा पाएको छु भन्नेहरु क्रमशस् १९।६ प्रतिशत र ११।४ प्रतिशत रहेका छन्।
‘आँगन खनेर कोइला निकालेमा निको हुन्छ’
कोरोना भाइरसको संक्रमण फैलिएसँगै नेपालमा पनि विभिन्न अफवाहहरु फैलिएको थियो। कसैले प्राथना गरेमा निको हुन्छ त कसैले बेसार पानी खाएमा निको हुनेसमेतका अफवाह फैलाएका थिए। विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म कोरोना भाइरसको औषधि पत्ता लागको छैन। यसबाट निको हुने भनेको अहिलेसम्म आफ्नो रोग प्रतिरोधात्मक क्षमता नै हो। तर सवेक्षणमा सोधिएको ‘तपाईंले कोरोना भाइरसको महामारीका बारेमा घर, छिमेक तथा समुदायमा के कस्ता कुरा सुन्नु भएको छरु’ भन्ने प्रश्नमा केही उत्तर हाँसोउठ्दा पनि छन्।
बहुउत्तर शैलीमा सोधिएको यस प्रश्नमा ७।८ प्रतिशतले ‘आँगन खनेर कोइला निकालेमा निको हुन्छ’ भन्ने कुरा छरछिमेक तथा समुदायमा सुनेको बताएका छन्। त्यस्तै भगवानको पूजा गरेमा निको हुन्छ भन्नेको संख्या ३।७ प्रतिशत रहेको छ भने येशुको प्रार्थना गरे निको हुन्छ भन्नेहरु ७।८ प्रतिशत रहेका छन्।
तर यस प्रश्नमा घरभित्रै बस्नुपर्छ र साबुनपानीले बारम्बार हात धुनुपर्छ भन्ने सुनेको बताउने नै धेरै छन्। ४५।२ प्रतिशतले कोरोना महामारीबाट बच्न घरभित्रै बस्नुपर्छ भन्ने सुनेको बताएका छन्। त्यस्तै ४५ प्रतिशतले भने साबुनपानीले बारम्बार हात धुनुपर्छ भन्ने कुरा छरछिमेक तथा समुदायमा सुनेको बताएका छन्।
सरकारको प्रयासबाट सन्तुष्ट छु भन्ने धेरै
त्यस्तै ‘कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले हाल गरिरहेको प्रयासबाट तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छरु’ भन्ने प्रश्नमा ६२।८ प्रतिशतले ‘सन्तुष्ट छु’ जवाफ दिएका छन्। त्यस्तै १४।२ प्रतिशतले ‘न सन्तुष्ट, न असन्तुष्ट’ भन्ने उत्तर दिएका छन्। त्यस्तै ९।४ प्रतिशतले ९।४ प्रतिशतले ‘असन्तुष्ट छु’ भन्ने जवाफ दिँदा ८।६ प्रतिशतले भने ‘एकदमै सन्तुष्ट छु’ भन्ने उत्तर दिएका छन्।
लकडाउनको पालना कतिरु
सर्वेक्षणमा सोधिएको ‘तपाईंको घर वरिपरि सरकारले घोषणा गरेको बन्दाबन्दी वा लकडाउनको कत्तिको पालना भएको छरु’ भन्ने प्रश्नमा ‘पूर्ण रुपमा पालना भएको छ’ भन्ने ५९ प्रतिशतले जवाफ उत्तर दिएका छन्। त्यस्तै आंशिक रुपमा पालना भएको छ भन्नेहरु ३८।८ प्रतिशत छन्। त्यस्तै १।८ प्रतिशतले कत्ति पालना भएको छैन भन्ने जवाफ दिएका छन् भने ०।४ प्रतिशतले थाहा छैन वा भन्न चाहन्न जवाफ दिएका छन्।
निष्कर्ष
शेयरकास्ट इनिसियटिभ नेपालले सर्वेक्षणका क्रममा विभिन्न १३ वटा प्रश्न सोधेको थियो। सर्वेक्षणमा सहभागीले दिएका उत्तरको आधारमा अधिकांश नेपाली नागरिकलाई कोरोना भाइरसको संक्रमण कसरी हुन्छ र यसबाट कसरी जोगिने भन्ने कुरा थाहा भएको शेयकास्टले निष्कर्ष निकालेको छ। त्यस्तै अधिकांशलाई कोरोना भाइरसको लक्षणका बारेमा थाहा भएको र केहीमा मात्रै यससम्बन्धी भ्रम रहेको पनि सर्भेले देखाएको छ। त्यस्तै सर्वेक्षणले धेरैले खुला सिमाना र विदेशबाट फर्किएका व्यक्ति आफ्नो समुदायमा धेरै भएको र उनीहरु क्वारेन्टाइनमा नबसेका कारण आफूहरुलाई डर लागेको बताएका छन्।
कसरी भएको थियो सर्वेक्षणरु
शेयरकास्ट इनिसियटिभ नेपालले यही चैत २२ २३, २४ गते एक हजार एक सय १० जनासँग प्रत्यक्षण टेलिफोन अन्तर्वार्ता गरी तथ्यांक संकलन गरेको जनाएको छ। तथ्यांक संकलनमा तालिमप्राप्त १२ जना गणक सहभाी भएको पनि उसले जनाएको छ।
सर्वेक्षणमा प्रदेश एकबाट १८५, प्रदेश २ बाट २०१, वाग्मती प्रदेशबाट २६९, गण्डकी प्रदेशबाट ९९, प्रदेश ५ बाट १९१, कर्णालीबाट ६८ र सुदूरपश्चिमबाट ९७ जना सहभागी भएका थिए। उत्तरदातामध्ये ५०।४ प्रतिशत पुरुष रहेका थिए भने ४९।६ प्रतिशत महिला थिए।
स्रोतः कान्तिपुर