नेकपा निर्वाचन आयोगमा दर्ता,अब आयोगले के गर्छ (एमाले माओवादी पार्टी एकता अपडेट)

गुगलपाटी संवाददाता काठमाडौं ।
३ जेष्ठ २०७५ १२:२१

 एमाले र माओवादीबीच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

निवार्चन आयोगमा नेपाल कम्युनिष्ट पार्टीलाई ‘अण्डरलाइन’ गरेर दर्ता गरिएको नेता सुवासचन्द्र नेम्वाङले जानकारी दिएका छन ।

उनले दल दर्ताको प्रस्तावमा नै पार्टीको नाममा अण्डरलाइन गरिएकाले कानुनी रुपमा कुनै समस्या नआउने बताए । पार्टी दर्ता गर्न निर्वाचन आयोगमा केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्डसहितका नेता उपस्थित थिए ।नेकपा पार्टी निर्वाचन आयोगमा यसअघि नै दर्ता भइसकेका कारण अब निर्वाचन आयोगले के गर्छ भन्नेमा सबैको ध्यान खिचिएको छ।