अस्पताललाई स्वास्थ्य सामाग्री प्रदान

गुगलपाटी संवाददाता
२६ चैत्र २०७६ १०:५८

    कोरोना भाईरस कोभिड १९को महामारीमा जोखिममा काम गरिरहेको हेटौडा अस्पतालका स्वाथ्यकर्मीहरुलाई सहयोग हुनेगरि स्वास्थ्य सामाग्री प्राप्त भएको छ । बुधवार नेपाल भारत मैत्री संघका केन्द्रिय अध्यक्ष राजकुमार सिन्धी लगायतको टोलीले २०० थान पिपिइ तथा १० थान आइसियु वेड,त्यसलाई चाहिने सम्पुर्ण समानहरु एक समारोहका विच बाग्मती प्रदेशका सामाजिक विकास   मन्त्री युवराज दुलाललाई हस्तान्तरण गर्नु भएको हो ।
बाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले प्राप्त सामाग्री आजै हेटौडा अस्पताललाई हस्तान्तरण गनर्् भएको छ ।
यस अघि अस्पतालमा कार्यरत स्वाथ्यकर्र्मीहरु विना पिपिइ झोला वनाउने कपडाले निमार्ण गरेको अशुरक्षित पिपिइ प्रयोग गर्दे आएका थिए । प्राप्त सामाग्रीवाट फिवर क्लिनीक सुरक्षीत भएर संचालन गर्न सकिने क्लिनीक संयोजक डा हरि खड्काले वताउनु भयो
यस अगाडि हेटौडा अस्पताल संग जम्मा ५ थानमात्र ओरजिनल पिपिइ रहेको र सो पनि कर्रामा रहेको आइसोलेसन वार्डमा विरामीको स्वाब निकाल्न मात्र प्रयोग गर्ने गरिएको थियो । निजी अस्पतालहरु कोरोनाको त्रासले वन्द भएसंगै हालको अवस्थामा हेटौडा अस्पतालले मात्र फिवर क्लिनिक संचालन गर्दे आइरहेको छ । यस अघि अस्पतालमा कार्यरत स्वाथ्यकर्र्मीहरु विना पिपिइ झोला वनाउने कपडाले निमार्ण गरेको असुरक्षित पिपिइ प्रयोग गर्दे आएका थिए ।

          विभिन्न संध संस्थाको सहयोगमा अस्पताललाई यी सामानहरु प्राप्त भएको हो । मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पौडेलले संयोजनबाट प्राप्त स्वास्थ्य सामाग्री वर्तमान अवस्थामा ज्यादै ठुलो सहयोग भएको अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेल वताउनु भयो ।

         कार्यक्रममा हेटौंडा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेल ,हेटौंडा अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डाक्टर,मुख्यमन्त्रीका स्वकिय सचिव अनुप पौडेल , एल आइ सी नेपालका हेटौंडा शाखा प्रबन्धक जितेन्द्र साह,नेपाल एसबीआई बैंकका प्रतिनिधि भरत प्रसाद अधिकारी,एभरेस्ट बैंकका शाखा प्रबन्ध सगुन नेपाल, लगायत सबै दातृ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

देखिएन भौतिकदुरी कायम


कोरोना भाईरस कोभिड १९को महामारीको जोखिम न्यूनिकरणकालागि संघिय सरकार,प्रदेश सरकार र स्थानिय सरकारले आ आफ्नो क्षेत्रवाट काम गरिरहेको र सर्वसाधारणले साथ दिई रहेको वर्तमान अवस्थामा घर भित्रै रहन, अत्यावश्यक काम वाहेक घरवाट बाहिर ननिस्किन र एक अर्का बिच कम्तीमा ३ फिटको भैतिक दुरी काय गर्न भने पनि प्रदेश सरकारका मन्त्रि उपस्थिित कार्यक्रममा यस्तो देखिएन ।