मकवानपुरका तरकारी तथा फलफुल व्यवसायीहरुलाई स्र्पे उपलब्ध

गुगलपाटी संवाददाता
२७ चैत्र २०७६ ०८:४४

विश्वभरि कोरोना भाइरस फैलिरहेको बेला मकवानपुर उद्योग वाणिज्य संघले तरकारी तथा फलफुल व्यवसायीहरुलाई स्र्पे उपलब्ध गराएको छ । भाइरसबाट बच्न पसलमा छर्कन स्र्पे उपलब्ध गराएको हो । बजार पूर्ण रुपमा बन्द भएकाले तरकारी तथा फलफुल पसल भने खुल्ला रहेको छ ।

केमिकल र स्र्पेको लागि तरकारी व्यवसायीमा समस्या रहेकोले पसलमा नै पुगी स्र्पे र केमिकल उपलब्ध गराएको संघका उद्योग तर्फका सचिव सन्तोष कुमार अर्यालले बताए । दुइ सय रुपैयामा २ लिटर स्र्पे र पचास रुपैयाँमा केमिकल उपलब्ध गराइएको थियो । संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, वाणिज्य तर्फका उपाध्यक्ष कृष्ण गुप्ता अग्रवाल र सचिव अर्यालले हस्तान्तरण गरेक थिए ।

हेटौंडाको बसपार्कमा रहेको तरकारी बजार, खोपेगल्लीमा रहेको तरकारी बजार र बजारका विभिन्न स्थानमा रहेका फलफुल पसलमा स्र्पे उपलब्ध गराएको जनाइएको छ । व्यवसायीलाई प्रयोग गर्ने तरिका सिकाउदैं आफु पनि बचौं र अरुलाई पनि बचाऔं भनि व्यवसायीलाई अनुरोध गरिएको सचिव अर्यालले बताए । व्यवसायीलाई माक्स र हातमा गल्ब्स लगाएर ग्राहकको खरिद गर्ने दुरी कायम गरि विक्री वितरण गर्न सचेतना समेत गराइएको अर्यालले बताए । उनले सरकारको मात्र मुख नताकौं आफ्नो सुरक्षा आफै गरौ भनि व्यवसायीलाई अनुरोध गरेको बताए ।

हस्तान्तरण कार्यक्रममा संघका कार्यसमिति सदस्य सुनिल अधिकारी, रुपकराज दाहाल, नरेन्द्र भण्डारी, नगर प्रहरी,ट्राफिक प्रहरीको पनि उपस्थिती रहेको थियो ।