‘फुली’ बेचेर ल्याएको २ सयको चामल जाउलो खाएर सकियो, अब के खाने ?
गुगलपाटी संवाददाताभक्तपुरमा रहेका चार जना बालबालिका एउटा सानो झु’पडीमा बस्छन् । उनीहरुको अभिभावक कोही छैनन् । एउटा सानो कोठामा बसेका अभिभावक विहिन ति बालबालिकालाई लकडाउनले खाने गास खोसिएको छ । सलिना, उर्मिला, मुना र मनिष रिजाल नाम गरेका यि बालबालिकाको अवस्था निकै दयनिय छ ।
उनीहरुको बाबाले अर्कै विवाह गरेर श्रीमती लिएर हिडे । बाबाले विवाह गरेर हिडेपछि त्यसको केही महिनामा आमा पनि हिडिन् । सबैभन्दा जेठी १८ वर्षकी छन् । आमाबुवा हिडेपछि उनको काँधमा तीन भाइबहिनीको जिम्मेवारी छ । त्यसैले पढ्दा पढ्दैको विद्यालय छोडिन् ।
भाइवहिनीलाई पाल्नुपर्ने भएकाले उनले ज्याला’दारी काम गर्न थालेकि छन् । उनले ढलान गर्ने काममा सहयोग गर्थिन । अनि त्यसैवाट आएको पैसाले भाइवहिनीको पेट पालेकी छन् । त्यसैले उनी विद्यालय जान छोडिन् । उनले आफ्नो आमाले अब तिमीहरुसंग बस्दिन मामाघर गएर बस्छु भनेर हामीलाई ढाँटेर जानुभयो ।
पछि मामाघर होइन छ अर्केसंग विवाह गरेर जानुभएछ । उनीहरु गएको असार महिना देखि एक्लै छन् । ज्याला मजदुरी गरेर खाने यि चारबालबालिकाको लामो समय देखीको लकडाउनका कारण झु’पडीमा केही छैन । सुत्ने विस्तरा छैन । एउटा म्याटमा चारैजना डल्लो परेर सुत्छन् ।
मामाघरमा आमाले सानो जातसंग विवाह गरेको भनेर कसैले हेर्दैनन् । बुवातिरको हजुरवुवा दुइवटा फुपुसंग बस्ने गरेको र उनले पनि वास्ता नगरेको उनले बताइन् । हजुरवुवा बसेको ठाउँमा अटाउने ठाउँ नै छैन त्यसैले कसैले बोलाउँदैनन् । उनीहरुले एक किलो चामल केही दिन अघि किनेका थिए त्यसैमा धेरै पानी हालेर जाउलो बनाएर खाएका छन् ।
२ सय रुपैयामा फुली बेचेर चामल लिएर आएको जेठी छोरीले बताइन् । त्यही पैसाले ल्याएको चामलले जाउलो खाएको ७ दिन भइसक्यो । त्यो वाहेक केही खाएका छैनन् । बसेको झुप’डीमा राम्रोसंग सुत्न र बस्न पनि मिल्दैन । यसरी अलपत्र पारेर जाने आमाबुवाको उनीहरुलाई निकै याद आउँछ ।
स्रोतः एभरेस्टपति