थाहानगरपालिका भित्र संचालन एम्बुलेन्समा बिरामी र चालकबिचको दुरी कायम
गुगलपाटी संवाददाताथाहा नगरपालिका भित्र संचालन हुने एम्बुलेन्स मध्ये कम्तिमा ३ वटालाई बिरामी राख्ने ठाउँ र चालकबीचको दुरी कायम गर्न पार्टिशन गर्ने भएको छ । विभिन्न रोगको संक्रमणबाट सुरक्षित गर्नको लागि यस्तो पार्टिशन गर्ने निर्णय भएको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए ।
‘अहिले कोरोना भाइरस संक्रमणको जोखिम छ’ प्रमुख प्रशासकीय अधिकृत पुरीले भने–‘एम्बुलेन्स चालकलाई जुनसुकै कुनै पनि रोगको संक्रमणको जोखिम हुन सक्छ त्यसैले यस्तो सुरक्षा अपाउन लागिएको हो ।’ एम्बुलेन्समा विरामी ओसार पसार गरेपिच्छे तत्काल सेनिटाइज गर्नको लागि स्प्रे पम्पको साथै सेनिटाइजर समेत राखिएको छ ।
यसअघि नगरका एम्बुलेन्स चालकहरुलाई पि।पि।ई समेत वितरण भैसकेको छ । थाहानगरमा विभिन्न संस्थाहरुबाट संचालित ६ वटा एम्बुलेन्स रहेका छन् ।