हेटौंडाको तरकारी बजारबाट किनमेल गर्न नपाइने – अब ठेलामार्फद घरघरमा तरकारी
गुगलपाटी संवाददातामकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ खोपेगल्लीमा रहेको तरकारी बजारमा आजबाट खुद्रा किन्नेलाई उक्त क्षेत्रमा जान रोक लगाईएको छ । लकडाउनको समयमा पनि उक्त क्षेत्रमा भीडभाड बढेपछि आज शुक्रबारबाट निकै कडाई गरेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालले जानकारी दिनु भयो ।
जिल्ला प्रशासन कार्यालयमा बसेको कमाण्ड पोष्टको बैठकले खोपेगल्लीको तरकारी बजारका उपभोक्ताहरुलाई गर्दै आएको कारोबार बन्द गर्दै ठेलामार्फत घरघरमा पुर्याउन भनिएको जानकारी दिनु भयो ।
बसपार्कमा रहेको तरकारी बजार तथा खोपेगल्लीमा रहेको तरकारी बजारबाट होलसेल ब्यापारीलाई मात्र तरकारी बेच्न दिने निर्णय गरिएको भएपनि उक्त निर्णय कार्यान्वयन नहुँदा उक्त क्षेत्रमा भिड बढेको थियो ।
आज विहानैबाट खोपेगल्ली तरकारी बजार क्षेत्रका प्रहरी परिचालन गरि उक्त स्थानमा खुद्रा तरकारी खरिदकर्तालाई प्रवेशका रोक लगाईएको हो ।