कैलाश गाउँपालिकाले १ करोड रुपियाँ बराबरको विपद् व्यवस्थापन कोष

गुगलपाटी संवाददाता
२९ चैत्र २०७६ ०६:५१

कैलाश–विश्वभर कोरोना भाइरसको संक्रमण बढिरहँदा यसको नियन्त्रणका लागि स्थानीय तहबाट उदाहरणीय कामहरु भइरहेका छन् । यसै सन्दर्भमा मकवानपुरको विकट कैलाश गाउँपालिकाले झण्डै १ करोड रुपियाँ बराबरको विपद् व्यवस्थापन कोष तयारी अबस्थामा राखिएको कैलाश गाउँपालिकाले जनाएको छ ।
कैलाश गाउँपालिकामा गठित गाउँपालिकास्तरीय बिपद् व्यवस्थापन समितिको तेस्रो बैठक र नवौँ कार्यपालिका बैठकबाट ९७ लाख १२ हजार ५ सय रुपियाँको विपद् व्यवस्थापन कोषमा रकम रहेको जानकारी दिइएको हो । गाउँसभाले जलउत्पन्नजन्य बाढीपहिरो, आगलागी, भूकम्प, चट्याङ सहितका प्राकृतिक विपद्हरुको सामना, पूर्वतयारी, उद्धार तथा राहतका लागि विभिन्न शीर्षकहरुमा बजेट बिनियोजन गरेको थियो ।