मनहरीका प्रहरीहरुले लकडाउन उलङघन गर्नेलाई नमस्कार गरेर सम्झाउदै

गुगलपाटी संवाददाता
२९ चैत्र २०७६ ०७:०१

मनहरी :  सरकारले लकडाउनको पालना गर्न पटकपटक आग्रह गर्दा समेत नमान्नेलाई प्रहरीले कारबाही गरेको खबरहरु समेत सार्वजनिक भएको छ ।
तर मकवानपुरको मनहरीमा रहेका प्रहरीले भने लकडाउन उलघंन गर्नेलाई नमस्कार गरेर सम्झाउन थालेका छन् । शुक्रबारदेखि मनहरी प्रहरीले नमस्कार गरेर लकडाउन उलघंन गरिरहेको युवालाई सम्झाएको एक तस्बिर सामजिक सञ्जालमा भाईरल भयो । मकवानपुरको मनहरी पुलमा आएका केहि युवालाई त्यहाका ट्राफिक प्रहरीले नमस्कार गर्दै सम्झाउँदै गरेको तस्बिरको अहिले देशभर प्रशंसा गरिएको छ ।

मनहरी प्रहरीले करिब ५ जनाको प्रहरी समुहलाई लकडाउन उलघंन गर्नेलाई नमस्कार गर्दै सम्झाएर पठाउने गरेका छन् । उनीहरुले कोरोना संक्रमणको विषयमा समेत जानकारी दिने गरेका छन् ।
दुुईहीप्तासम्म माइकिङ गर्दा पनि ललकडाउनको अवस्थामा सुधार नभएपछि आफुहरुले यस्तो रणनीति अबलम्बन गरेको तस्बिरमा देखिएका प्रहरी रामसुन्द्र आर्यले बताए । उनले यसरी काम सुरु गरेपछि केहि सुधार आएको जानकारी दिए ।