नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको ४१ औं शिक्षक दिवस सम्पन्न
गुगलपाटी संवाददातानेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरले आफ्नो स्थापनाको ४१ औ शिक्षक दिवस आज सम्पन्न गरेको छ । विश्वभर कोरोना भाईरस कोभिड १९ को संक्रमण फैलिएपछि यसवर्षको शिक्षक दिवस शिक्षक संगठनले फरक तरिकाले मनाएको हो । कोरोनाविरुद्धको सामुहिक अभियान पेशागत सुरक्षा र सामूहिक ऐक्यवद्धता संगठनको पहिचान भन्ने सन्देश लेखिएको शुभकामना कार्ड सामाजिक सञ्जाल र सञ्चार माध्यमबाट प्रेषित गर्दै स्थापना दिवस मनाएको हो ।
जिल्ला अध्यक्ष श्रीराम दाहालद्वारा हस्ताक्षरित शुभकामना कार्डमा कोरोना विरुद्धको सन्देश र ४१ औं शिक्षक दिवश मा पेशागत सुरक्षा का बारेमा सन्देस लेखी सञ्चार माध्यमबाट प्रेषित गरिएको जिल्ला प्रचार विभाग प्रमुख सुनिल गौतमले जानकारी दिनुभयो ।
शिक्षकको पेशागत संस्थामध्ये सबैभन्दा जेठो संस्था नेपाल राष्ट्रिय शिक्षक संगठन २०३६ सालमा मकवानपुर जिल्लाको भुटनदेबी मावि बाट उदय भई देशकै अग्रणी संस्थाको रुपमा स्थापित भएको संस्था हो । देशको विषम परिस्थितीमा संगठनले सरकारको लकडाउनलाई पूर्णरुपमा परिपालना गर्दै सम्पूर्ण शैक्षिक सरोकारवाला र संगठनमा आवद्ध सबैलाई कोरोना विरुद्ध लड्न आग्रह समेत गरेको छ । शिक्षा क्षेत्र पनि यसबाट प्रभावित बनेकोमा क्षतिको आँकलन गरि त्यसको बैकल्पिक उपाय खोजि गर्न पनि संगठन लागिपर्ने अध्यक्ष दाहालले प्रतिवद्धता ब्यक्त गर्नुभएको हो ।