नेपाल कम्यूनिष्ट पार्टी : एसियाकै ठूलो पार्टी

गुगलपाटी संवाददाता काठमाडौं
४ जेष्ठ २०७५ ०६:०५

 नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एक आपसमा बिलय भएर बनेको नयां पार्टी एसियामा तेस्रो ठुलो पार्टी बनेको छ । कम्युनिष्ट पार्टी स्थापना भएको ६९ बर्ष २५ दिनपछि सबै भन्दा ठुलो दल बनेको नेपाल कम्युनिष्ट पार्टी भएपछि एसियामा तेस्रो ठुलो दल बनेको बताइएको छ ।
२००६ साल साउन ७ गते स्थापना भएको नेकपा २०१९बाट बिभाजन शुरु भएको थियो । बिभाजनको श्रृखला २०७५ जेठ ३ गते आएर अन्त्य भएको छ ।

२००६ सालमा पुष्पलाल श्रेष्ठ, निरन्जनगोविन्द वैद्य,नरवहादुर कर्माचार्य, नारायणविलाश जोशी र मोतिदेवी श्रेष्ठ संस्थापक रहनु भएको नेकपा २०१९ सालमा आएर बिभाजन भएको थियो । २०२८ सालमा तत्कालिन झापाली क्रान्तिकारीले सशस्त्र युद्धबाट एकीकरण गरेको नेकपा माले र २०४७ सालमा माले माक्र्सवादी मिलेर बनेको नेकपा एमालेले संसदीय धाराको नेतृत्व गरेको थियो ।

२०३४ सालमा मोहन विक्रम सिंहले पुनर्गठन गरेको नेकपा चौम पछिल्लो समय एकता केन्द्र हुँदै २०५२ सालमा माओवादी धारा बनेर सशस्त्र क्रान्तिको नेतृत्व गरेको थियो ।दक्षिण एशियाको पहिलो, एशियाको तेस्रो ठूलो एसियामा चीन र भियतनामपछि ‘नेकपा’ तेस्रो ठूलो कम्युनिष्ट पार्टी बनेको छ ।