लकडाउन प्रभाबकारी बनाउन स्थानीय तहको भुमिका महत्वपूर्ण :मुख्यमन्त्री पौडेल

गुगलपाटी संवाददाता
३ बैशाख २०७७ ११:४२

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाईरस कोभिड १९ को संक्रमण रोकथामकालागि लकडाउनलाई प्रभावकारी बनाउन स्थानीय तहले हाल सम्म निर्वाह गरेको महत्वपूर्ण भुमिकाको संक्षिप्त जानकारी स्थानीय तहहरुका प्रमुखहरुवाट लिनु भएको छ ।
वडा वडामा भित्रिएका स्वदेश तथा विदेशवाट आएका मान्छेको पहिचानगरि क्वरेन्टाईनका राख्नुपर्ने र लकडाउन प्रभावकारी बनाउन प्रमुखहरुलाई निर्देशन समेत दिनुभएको छ । स्थानीय तहका प्रमुखहरुसङ्ग भिडियो कन्फ्रेन्स मार्फत कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
चितवनको भरतपुर महानगरपालीकाकी मेयर रेणु दाहाल लगायत माडि नगरपालिका,सिन्धुलीको मरिण र सुनकोशी गाउँपालिका, कमलामाई नगरपालिका, रसुवाको गोसाईकुण्ड गाउँपालिका तथा सिन्धुपाल्चोकको बाह्बिसे नगरपालिकाका प्रमुखहरुसंगको कुराकानीमा सबै स्थानीय तहले आफ्ना नाकाहरुमा कडाइ गर्ने हो भने लकडाउन प्रभाबकारी हुने मुख्यमन्त्रि पौडेलले बताउनुभयो ।
दैनिक रुपमा प्रयोग हुने अत्याबश्यक बस्तुलाई सहज बितरणमा स्थानीय तहले समन्वय गर्नुपर्नेपनि छ । कोरोनाबाट बच्न लकडाउन प्रभावकारी बनाउनु विकल्प नभएको भन्दै आवत जावत रोक्ने अन्तिम अस्त्र रहेको मुख्यमन्त्रि पौडेलले कबताउनुभयो ।
विहिवार काठमाडौ महानगरपालीका, काठमाडौ कागेश्वरी मनोहरानगरपालिका, ललितपुर महानगर पालीका, काभ्रे धुलिखेल नगर पालीका, नुवाकोट बिदुर पालीका, भक्तपुर मध्यपुर ठिमी पालीका, सिन्धुपाल्चोक चौतारा सागागढी नगरपालिका चितवन इच्छाकामना गाउँपालिका मकवानपुर हेटौंडा उपमहानगरका प्रमुखहरुसंग छलफल गर्ने कार्यक्रम रहेकोबागमति प्रदेश मुख्य मन्त्रिको कार्यालयले जनाएको छ ।