लकडाउनमा समेत मदन भण्डारी मार्ग चौडा हुदै, मुख्य मन्त्रि डोरमणि पौडेलद्वरा अनुगमन

गुगलपाटी संवाददाता
७ बैशाख २०७७ ०९:२०

हेटौंडा–काठमाडौं जोडने मदन भण्डारी मार्ग अन्र्तगत सिस्नेरी छैमले दक्षिणकाली सडक खण्ड फराकिलो बनाउने कामको मुख्य मन्त्रि डोरमणि पौडेलले शनिवार अनुगम गर्नु भएको छ । अनुगमनका क्रममा समयमै काम सम्पन्न गर्न र लकडाउन अवधिको सदुप्रयोग गर्दे सवारी बन्द भएको अवधिको भरपुर उपयोग गर्न निर्देशन दिनु भएको थियो ।
यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशले छोटो दुरी तथा दुर्घटनाको अति नै जोखिम रहेको मदन भण्डारी मार्ग सडकलाई असार भित्र सम्पन्न गर्ने गरी सडक विस्तार गर्ने कामलाई लकडाउनको समयमा समेत निरन्तरता दिदै आएको छ ।
बागमती प्रदेशको राजधानी र केन्द्रीय राजधानी जोड्ने सबैभन्दा छोटो मार्गको रुपमा रहेको उक्त सडक खण्डको बिस्तारगर्ने काम लकडाउनको समयलाई अवसरको रुपमा प्रयोग गर्दे सुरक्षीत भएर काम सुचारु गरिरहेको छ । जग्गा प्रप्तीका लागि उपभोक्ता समिति बनाएर काम भै रहेको बागमती प्रदेश भौतिक पुर्वाधार मन्त्रि रामेश्वर फुयालले वताए ।

हिजोको दिनमा मुस्किलले ट्रयाक खोलेर तरकारी तथा सान सवारी तथा अतिआवश्येकीय सवारी संचालकका लागि खोलिएको वाटोले पछिल्लो समयमा प्रदेश र संघिय राजधानी जोड्ने मेरुदण्ड सावित भएसंगै साघुरो सडक विस्तारको काममा गर्न स्थानीयको पहल कदमी र प्रदेश सरकारको लगानिमा काम भैरहेको पुर्व संसद सुभाष ठकुरीले वताए ।
बागमती प्रदेश सरकारको भौतिक पुर्वाधार मन्त्रालयले दुई खण्ड दक्षिणकालि छैमले र छैमले सिस्नेरी गरेर एक करोड बैसठ्ठीलाख बजेट छुट्याएर दुईवटा उपभोक्ता समिति मार्फत कामसुरु गरेको भौतिक पुर्वाधार मन्त्रालय सडक विभागका निर्देशक डा.सहदेव भण्डारीले वताए ।
७ किलोमिटर सडक निर्माणको काम डिपिआर अनुसार भैरहेको र १० मिटरको मापदण्ड बनाएर,प्रबिधिकको सल्लाह बमोजिम काम भैरहेको दक्षिणकाली छैमले सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष राज कुमार लामाले वताए । बिकासको गतिलाई नरोकी , सामाजिक दुरी कायम गर्दे ,सुरक्षित भएर मेशिन औजारको प्रयोग गरि काम सुचारु रहेको दक्षिणकाली छैमले सडक निर्माण उपभोक्ता समितिका सचिव सुन्दर आर्चायले वताए ।