मुख्यमन्त्री पौडेलको समन्वयमा अलपत्र यात्रु गन्तव्य तर्फ
गुगलपाटी संवाददाताकाठमाडौबाट पैदल आएका मजदुरहरुलाई भिमफेदी गाउँपालीकाबाट गन्तव्यतर्फ पठाईएको छ । शनिवार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले भिमफेदी गाउँपालिका र हरीवन नगरपालिकासङ्ग समन्वय गरि गन्तव्यमा पठाईएको हो ।
निर्माणाधीन भिमफेदि कुलेखानी सडक निरीक्षण गरि फर्कने क्रममा भिमफेदिमा रहेका पैदल यात्रीलाई गन्तव्यमा पठाउन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गाउँपालिका अध्यक्ष लामालाई गाडीको व्यवस्था गर्न भन्नुभएको थियो ।काठमाडौको विभिन्न स्थानमा मजदुरी गर्ने मकवानपुरको कैलाश गाउँपालिका र सर्लाहीको हरिवनका पैदल यात्रुहरूलाई जानको लागी गाउँपालिकाले यातायातको व्यवस्था गरेकोे थियो । यस्तै सर्लाही जाने ५ जनाको टोलीलाई गाउँपालिका अध्यक्ष हिदम लामाले आफ्नो गाडीमा राखेर पथलैया पठाएका थिए । सर्लाहीको हरीवन नगरपालिकाका मेयर गणेश प्रसाइसङ्ग समन्वय गरेपछि हरीवनबाट लिनका लागि यातायातको व्यवस्था गरिएको भिमफेदी गाउँपालिका अध्यक्ष लामाले जानकारी दिनुभयो । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि काठमाडौमा खान समस्या पर्न थालेपछि घर हिडेको मजदुरहरुले बताएका छन । घर जान उनीहरु बिहान ५ बजे काठमाडौबाट हिडेर अपरान्ह करीब ४ बजे भिमफेदी आईपुगेका थिए । उनीहरुलाई गाउँपालिकाले स्थानीय दम्की रक्स क्लबको समन्वयमा खानाको व्यवस्था गरेको थियो।
मकवानपुर उधोग वाणिज्य संघले विभिन्त्र जिल्लावाट मकवानपुर हुदै लकडाउनका कारण हिडेर आएर अलपत्र परेका पैदल यात्रुलाई खानाको व्यवस्था गरेर गन्तव्यमा पुर्याईने , आ आफ्नो घर फर्केका यात्रुलाई गन्तब्य सम्म पुग्न सहजिकरण गरेको मकवानपुर उधोग वाणिज्य संघ वरिष्ठ उपाध्यक्ष माधव न्यैपानेले जानकारी दिए ।उहाँका अनुसार हाल जिल्लाभित्रै पैदलयात्रीहरुलाई निशुल्क उद्दार गरिएको छ । त्यस्तै दाङ, चितवन लगायत अन्य जिल्ला जानेहरुलाई भाडाका सवारीले दुवै जिल्लाको सिमानामा पुर्याइदिने तथा अर्का जिल्लाका सामाजिक संघसंस्थासँग समन्वय गर्ने कार्य भएको उहाँले बताउनुभयो । त्यस्तै थाहा नगरले गाडि भाडा तथा मकवानपुर उद्योग वाणिज्य संघले पास मिलाईदिने तथा समन्वय गर्ने कार्य गरेको न्यौपानेले बताउनुभयो ।
जिल्लामा रहेका विभिन्त्र सामाजिक संस्थाहरु लायन्स क्लवले पनि यात्रुलाई खाना ,पानी एवं गन्तव्य सम्म पुग्न सवारी साधको व्यावस्था गरेको छ ।
कृष्ण प्रणमी समाज मकवानपुरले समेत पैदल यात्रुलाई खानाको व्यवस्था र गन्तब्य सम्म पुरयाउने काम गरेको समाजका बद्री चौलागाईले वताए ।
भने केहि व्यक्तिहरुले स्वस्फुर्त रुपमा खाना पानी एवं निशुल्क सवारी साधन उपलब्ध गराएका थिए ।