शिक्षक संगठन मकवानपुरद्वारा “कक्षाकाेठा सिकाई सीप” प्रशिक्षण सम्पन्न
गुगलपाटी संवाददातानेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरकाे नियमित प्रविधीमैत्री प्रशिक्षण कार्यक्रमकाे चाैथाे शत्र अाज संगठन अध्यक्ष श्रीराम दाहालकाे अध्यक्षतामा सम्पन्न भएकाे छ ।
मुलुकमा विद्यमान काेराेना भाईरस संक्रमण पछि भएकाे लकडाउनका कारण प्रविधिमा अाधारित जुुम एपमार्फत सम्पन्न प्रशिक्षण कार्यक्रममा प्रशिक्षक विवश जगं थापाले कक्षाकाेठाकाे सिकाई सीप सहजीकरण विषयमा प्रशिक्षण दिनुभएकाे जिल्ला प्रचार विभाग प्रमुख सुनिल गाैतमले जानकारी दिनुभयाे । शिक्षण सिकाई सीप अभावमा कक्षाकाेठाहरु निरस नहाेउन भन्ने उद्देश्यका साथ विषयवस्तु छनाैट गरि समसामयिक जेनेरिक विषयवस्तुमा प्रशिक्षण सम्पन्न भएकाे हाे ।
काेरेना संक्रमणका कारण शिक्षा क्षेत्रमा पर्नगएकाे प्रभावलाई न्यूनिकरण गर्न अायाेजना गरिएकाे प्रशिक्षणात्मक कार्यक्रमलाई काठमाण्डाै विश्वविद्यालयका प्राध्यापक बासु सुवेदीले शुभकामना मन्तब्य दिनुभएकाे थियाे । मनतब्यका क्रममा उहाले सामुदायीक तथा संस्थागत विद्यालयकाे जनशक्ति क्षमता विकास नभएसम्म शिक्षाले फड्काे नमार्ने हुँदा यस्ताे कार्यक्रमले ती विषयलाई समेट्ने धारणा ब्यक्त गर्नुभयाे ।
प्रशिक्षण कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन वाग्मति प्रदेस संगठन सचिवालय सदस्य माेहन शर्मा, रसुवा जिल्ला उपाध्यक्ष मायाँ शेर्पा, सुनसरी जिल्लाका विष्णु पाैढ्याल, अध्यक्ष, मकवानपुर उपाध्यक्ष लक्ष्मी गजुरेल, काेषाध्यक्ष जयप्रसाद पाेखरेल, सहकाेषाध्यक्ष, चन्द्रादेबी लामा बल, सचिवालय सदस्य कृष्ण पाैडेल, शिक्षक सहकारी अध्यक्ष सिताराम दाहाल, प्रचार विभाग प्रमुख सुनिल गाैतम,सदस्य सविता लामिछाने, भावना सापकाेटा, लक्ष्मी अधिकारी, हेटाैडा नगर अध्यक्ष मुकुन्द न्याैपाने, मकवानपुरगढी अध्यक्ष शिबप्रसाद लामिछाने, भिमफेदी अध्यक्ष कृष्ण पाेखरेल लगायतकाकाे उपस्थिती रहेकाे थियाे ।
भाेलि हुने पाँचाैं सत्रमा भने देशका अन्य थप बिभिन्न जिल्लाबाट पनि सहभागिता गराउने प्रचार विभाग प्रमुख सुनिल गाैततमले बताउनुभयाे । संगठनकाे नियमित प्रविधिमैत्री प्रशिक्षण र कक्षाहरु लकडाउन अवधीभर प्रत्येक दिन १२:०५ मा शुरु हुने छ ।