शिक्षक संगठन मकवानपुरद्वारा “विद्यालय तहमा अंग्रेजी शिक्षण” विषयक प्रशिक्षण सम्पन्न

गुगलपाटी संवाददाता
१३ बैशाख २०७७ १२:३५

हेटौंडा : नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरकाे नियमित प्रविधीमैत्री प्रशिक्षण कार्यक्रमकाे अाठाैं सत्र अाज संगठन अध्यक्ष श्रीराम दाहालकाे अध्यक्षतामा सम्पन्न भएकाे छ ।

मुलुकमा विद्यमान काेराेना भाईरस संक्रमण पछि भएकाे लकडाउनका कारण प्रविधिमा अाधारित जुुम एपमार्फत सम्पन्न प्रशिक्षण कार्यक्रममा संगठनका सचिवालय सदस्य कृष्ण प्रसाद पाैडेलले प्रशिक्षणकाे सहजीकरण गर्नुभएकाे जिल्ला प्रचार विभाग प्रमुख सुनिल गाैतमले जानकारी दिनुभयाे । अभिभावक र विद्यार्थीमाझ लाेकप्रिय बन्दै गईरहेकाे अंग्रेजी शिक्षालाई सहज ढङ्गबाट शिक्षण गर्न शिक्षकहरुमाझ प्रशिक्षण सम्पन्न भएकाे हाे ।

प्रशिक्षण कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन वाग्मति प्रदेस संगठन सचिवालय सदस्य माेहन शर्मा, मकवानपुर उपाध्यक्ष लक्ष्मी गजुरेल, काेषाध्यक्ष जयप्रसाद पाेखरेल, सहकाेषाध्यक्ष, चन्द्रादेबी लामा बल, सचिवालय सदस्य कृष्ण पाैडेल, शिक्षक सहकारी अध्यक्ष सिताराम दाहाल, प्रचार विभाग प्रमुख सुनिल गाैतम,सदस्य सविता लामिछाने, भावना सापकाेटा, लक्ष्मी अधिकारी, हेटाैडा नगर अध्यक्ष मुकुन्द न्याैपाने, मकवानपुरगढी अध्यक्ष शिबप्रसाद लामिछाने, भिमफेदी अध्यक्ष कृष्ण पाेखरेल , सुवास खनाल लगायतकाकाे उपस्थिती रहेकाे थियाे ।

भाेलि हुने नवाैं सत्रमा भने देशका अन्य थप बिभिन्न जिल्लाबाट पनि सहभागिता गराउने प्रचार विभाग प्रमुख सुनिल गाैतमले बताउनुभयाे । बैशाख १४ गते हुने प्रशिक्षणमा भने कम्प्यूटरमा अाधारित फाेटाेसफ्ट सामान्य सीप सिकाई सन्दर्भमा प्रशिक्षण हुने छ । संगठनकाे नियमित प्रविधिमैत्री प्रशिक्षण र कक्षाहरु लकडाउन अवधीभर प्रत्येक दिन १२:०५ मा शुरु हुने छ ।