वडा नम्बर १६ को वडा कार्यालयलाई श्रीकृष्ण मन्दिर प्रणामीनगर द्धारा खाद्यान्न सहयोग

गुगलपाटी संवाददाता
२३ बैशाख २०७७ ०६:२३

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ को वडा कार्यालयलाई श्रीकृष्ण मन्दिर प्रणामीनगर हेटौंडा १६ ले खाद्यान्न सहयोग गरेको छ ।

कोरोना भाइरसको महामारी फैलिएको बेला सरकारले लकडाउन गरेकोले खाद्यान्न अभाव हुने विपन्न वर्गलाई खाद्यान्न अभाव भएकोले वडा कार्यालय मार्फत वितरणको लागि वडालाई खाद्यान्न हस्तान्तरण गरिएको छ । वडा नम्बर १६ को लागि मन्दिर समितिले २० पोका खाद्यान्न सहयोग गरेको हो ।

खाद्यान्नको प्रति पोकामा चामल १५ केजि, दाल एक केजी, तेल र नुन एकएक प्याकेट रहेको जनाइएको छ । आर्थिक कमजोरी रहेका गरिब दुखीहरुलाइ सहयोग पु¥याउने उद्देश्यले राहत हस्तान्तरण गरेको मन्दिरका सञ्चालक समितिका अध्यक्ष कृष्ण प्रसाद अधिकारीको अध्यक्षतामा वडा अध्यक्ष रामकृष्ण कोइरालाको प्रमुख अतिथ्यतामा खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा प्रणामी सेवा समिति मकवानपुरका उपाध्यक्ष लक्ष्मण तिवारी, सचिव मोहन प्रसाद बस्ताकोटीको उपस्थिती रहेको थियो । एकद्वार प्रणालीमा रहेर वडा लाई खाद्यान्न हस्तान्तरण गरिएको मन्दिर समितिका अध्यक्ष अधिकारीले बताए ।

समितिका रहेका र अन्य सदस्यहरुसंग व्यक्तीगत रुपमा संकलन गरिएको नगदले खाद्यान्न खरिद गरिएको अध्यक्ष अधिकारीले बताए । खाद्यान्न हस्तान्तरण पश्चात वडा अध्यक्ष कोइरालाले धर्ममा आस्था राख्नेहरुको सहयोग उच्च रहेको बताए । हामीले बचत गर्ने बानीको विकास गर्नुपर्ने रहेछ भन्ने यो विपदले सिकाएको उनले बताए ।

राहत लिने भन्दा पनि राहतको आवश्यकता नपर्ने गरि काम गर्नु पर्ने र सोचमा परिवर्तन हुनुपर्यो अध्यक्ष कोइरालाले बताए । हेटौंडा बजारमा पनि श्रीकृष्ण प्रणामी मन्दिर जिल्ला समितिले धेरै काम गरेको र पैदलयात्रीहरुलाई निशुल्क खानारखाजा खुवाउने काम गरिएको छ ।