सकिँदै पिसिआर ल्याबको रिएजेन्ट, वीर अस्पताल र भैरहवामा परीक्षण नै रोकियो

गुगलपाटी संवाददाता
२३ बैशाख २०७७ ०९:३०

 काठमाडौं : पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले दायरा बढाइरहेको छ। र्‍यापिड डाइग्नोस्टिक टेस्टलाई व्यापक बनाएको सरकारले पिसिआर परीक्षण पनि १६ वटा ल्याबबाट भइरहेको उल्लेख गरेको थियो। पछिल्लो समय कोरोना भाइरसको परीक्षणका लागि प्रयोगशालामा चाहिने पिसिआर रिएजेन्ट र अन्य स्वास्थ्य सामाग्री सकिएपछि समस्या भएको छ। पिसिआर परीक्षण गर्न तोकिएका कतिपय प्रयोगशालामा अहिले परीक्षण नै रोकिएको छ। कोरोना संक्रमितको संख्या सय नजिक पुग्‍नै लाग्दा पिसिआर ल्याबमा रिएजेन्ट र किटहरु सकिएका हुन्। पछिल्लो समय काठमाडौंको वीर अस्पतालमै कोरोना परीक्षणका लागि चाहिने ‘आरएनए एक्ट्रयाक्सन’ किट ९ पिसिआर रिएजेन्ट किट० सकिँदा दुई दिनदेखि परीक्षण रोकिएको छ। वीर अस्पतालका निर्देशक डा। केदार सेन्चुरीले पिसिआर किटको अभावमा दुई दिनदेखि परीक्षण नै रोकिएको बताए। उनले भने, ‘परीक्षण किट नहुँदा दुई दिनदेखि हामीले परीक्षण रोकेका छौँ। किट सकिन लागेपछि एक सातादेखि भनिरहेका छौं तर अहिलेसम्म किट आइपुगेको छैन।’ यता वीर अस्पतालले पाउने भनेको किट कोरोना भइरसको उच्च जोखिमा रहेको भन्दै मन्त्रालयकै अनुरोधमा ५ नम्बर प्रदेशमा पठाइएको छ। त्यहीकारण वीर अस्पतालमा किट नआएकाले परीक्षण रोकिएको बताइएको छ। वीरमा दैनिक रुपमा २० देखि २२ जनासम्मको कारोना परीक्षण हुँदै आएको थियो। अहिले उक्त सेवा ठप्प भएको हो। वीरले जम्मा ४०० किट पाएको थियो। त्यसमा पनि २ सय किट मात्रै दिएर अरु प्रदेश ५ मा पठाइएको हो। कोरोनाको संक्रमण बढेका बेला झन् धेरै व्यक्तिको पिसिआर परीक्षण गर्नुपर्ने हुन्छ। तर यहीबेला किटको अभाव भएको हो। सरकारले देशभरका १८ स्थानमा पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्न शुरु गरेको थियो। तर यसअघि नै चितवन र प्रदेश २ सहितका स्थानमा किटको अभावमा परीक्षण रोकिएको थियो। उपत्यका बाहिर पनि रोकिन थाल्यो कोरोना संकास्पदका विरामीको परीक्षणको लागि प्रयोगशालामा आवश्यक पर्ने पिसिआर परीक्षण रिएजेन्ट सकिँदा चितवन र भैरहवामाको प्रयोगशालामा हुँदै आएको परीक्षण रोकिएको छ। हेटौँडामा रहेको प्रयोशालामासमेत परीक्षण रोकिने अवस्था आएको छ। केही दिनअघि रुपन्देहीका एकजनामा कोरोना भाइरस पुष्टि भएको थियो। तर उच्च जोखिमामा रहेको प्रदेश पाँचको रुपन्देही लगायतका केही ठाउँका शंकास्पद विरामीको परीक्षण गर्ने पिसिआर किट सकिएको छ। त्यहाँ दुई दिनदेखि प्रयोगशाला परीक्षण रोकिएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा। राजेन्द्र गिरीले बताए। पिसिआर रिएजेन्ट सकिन थाल्यो स्वास्थ्य मन्त्रालयसँग मौजदात पिसिआर किट सकिन लाग्दै उपत्यका भित्र र बाहिर हुँदै आएको पिसिआर परीक्षण रोकिन थालेको हो। मन्त्रालय स्रोतले भन्यो, ‘कम्पनीहरुले सम्झौता गरे अनुसारको सामान समयमा नल्याउदा अहिले भएको सामान पनि सकिन थाल्दा अप्ठ्यारो हुन थालेको हो।ु वीर अस्पताललाई दिने भनिएको पिसिआर परीक्षण किट नेपालगन्जमा कोरोना भाइरसका संक्रमित बढ्न थालेपछि त्यहाँ पठाइएको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले कोरोना उपचारका आवश्यक थप सामग्री समयमै ल्याउन नसक्दा देशभर पिसिआर अभाव हुने चरणमा पुगेको छ। गत वैशाख ४ गते स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले कोभिड(१९ को उपचारका लागि आवश्यक पिसिआर रिएजेन्टसँगै २२ थरीका स्वास्थ्य सामग्री ल्याउन भन्दै तीनवटा कम्पनीसँग सम्झौता गरेका थिए। तर ती कम्पनीले आवश्यक सामान ल्याउन सकेका छैनन्। नेपाली सेनाले चीनबाट ल्याउने भनेको स्वास्थ्य सामाग्री पनि आइपुगेको छैन। कहाँ हुन्छ पिसिआर परीक्षणरु हाल टेकुस्थित केन्द्रीय प्रयोगशालामासहित देशको विभिन्‍न १८ ठाउँमा पिसिआर परीक्षण भइरहेको छ। जसमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कोशी अस्पताल, विराटनगर जनकपुर प्रादेशिक अस्पताल जनकपुर, भरतपुर अस्पताल चितवन, कोभिड(१९ प्रयोगशाला प्रादेशिक प्रयोगशाला भैरहवामा परीक्षण ल्याब राखिएको छ। त्यस्तै वीर अस्पताल काठमाडौं, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडा, काठमाडौ शिक्षण अस्पताल धुलिखेल, पाटन अस्पताल ललितपुर, सुर्खेत प्रादेशिक अस्पताल, भेरी अस्पताल नेपालगञ्ज, सेती प्रादेशिक अस्पताल धनगढी, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला छन्। देशभर हालसम्म कोरोना भाइरस ९कोभिड(१९ को आशंकामा सोमबारसम्म ६४ हजार ४ सय ८५ जनाको नमूना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १३ हजार ६ सय ४० जनाको पिसिआर र ५० हजार ८ सय ४५ जनाको आरडिटिबाट परीक्षण भएको छ। मन्त्रालयका अनुसार प्रदेश १ मा ५ हजार ८ सय ३७, प्रदेश २ मा ५ हजार ७ सय ३६, बागमतीमा ८ हजार ६ सय १०, गण्डकीमा ५ हजार ८ सय ८२, प्रदेश ५ मा ४ हजार ८ सय ३१, कर्णालीमा ५ हजार ८ सय १३ र सुदूरपश्चिम प्रदेशमा १४ हजार १ सय ३६ जनाको आरडिटिबाट परीक्षण भएको छ।
स्रोतः थाहाखबर