सेनाले भारतबाट ५३ प्रकारका स्वास्थ्य सामग्री ल्याउँदै
गुगलपाटी संवाददाताकाठमाडौं : पछिल्लो समय कोरोना भाइरसको परीक्षणका लागि प्रयोगशालामा चाहिने पिसिआर रिएजेन्ट र अन्य स्वास्थ्य सामाग्री सकिएको खबर आइरहेको छ।नेपाली सेनाले स्वास्थ्य सामाग्री खरिदका लागि भारतिय कम्पनीसँग सम्झौता गरेको छ। नेपाली सेनाले उत्तरी छिमेकी चीनसँगै भारतबाटसमेत स्वास्थ्य सामाग्री ल्याउने भएको हो। सेनाले पराष्ट्र मन्त्रालयको समन्वयमा भारतको सरकारी औषधि कम्पनी बीपीपीआईसँग कोरोना भाइरस संक्रमणको उपचारमा चाहिने विभिन्न ५३ प्रकारका स्वास्थ्य सामाग्री ल्याउन लागेको हो। एक करोड ५० लाख भारतिय रुपैयाँ बराबरको औषधि अन्य स्वास्थ्य सामाग्री खरिद सम्झौता गरेको नेपाली सेनाले जनाएको छ। हाल त्यसका लागि नेपालस्थित पराष्ट्र मन्त्रालयको सहयोगमा भारतस्थित नेपाली दूतावसले समन्वय गरिरहेको छ। उक्त कम्पनीलाई औषधि खरिदका लागि रकम पठाउने अन्तिम तयारी भएको नेपाली सेनाका प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले बताए। उक्त औषधि बीपीपीआई कम्पनीले दिल्लीस्थित नेपाली दूतावासलाई हस्तान्तरण गर्नेछ। प्रवक्ता पाण्डेका अनुसार भारतबाट ल्याइने स्वास्थ्य स्वास्थ्य सामाग्रीमा मुख्यरुपमा कोरोना भाइरसका बिरामीको उपचारका लागि प्रयोग गरिँदै आएको औषधीहरु रहेको बताए। तर सेनाले भारतबाट ल्याउने स्वास्थ्य सामाग्रीमा कोरोना परीक्षणका लागि आवश्यक किटहरुभन्दा संक्रमित भएकाहरुको लागि पय्रयोग गर्दै आएको विभिन्न औषधि रहेको बताइएको छ। यसअघि नेपाली सेनाले चीनबाट ल्याउने मेडिकल सामग्रीका लागि २ अर्ब २५ करोड रुपैयाँ पठाइसकेको छ। सेनाले चिनियाँ कम्पनी सिनोफार्म इन्टरनेसनलसँग मेडिकल सामग्री खरिद सम्झौता गरेर त्यसका लागि अग्रिम रकम पठाएको छ। त्यसैगरि भारतबाट खरिदका लागि उक्त कम्पनीलाई सेनाले अग्रिम रकम पठाउन लागेको छ। त्यसका लागि परराष्ट्र मन्त्रालयको समन्वयमा पहल भइरहेको सैनिक प्रवक्ता पाण्डेले बताए। यस्तै मंगलबार चीनबाट ल्याउने मेडिकल सामग्री लिन फ्ल्यास फ्रेट लजिस्टिकले चार्टर्ड जहाज पहिलो पटक चीनको ग्वान्जाओ जाने बताइएको थियो। आजसम्म चीनमा सार्वजनिक बिदा रहेकाले प्रक्रिया रोकिएको छ। हाल ग्वान्जाओमा स्वास्थ्य सामाग्री संकलन गर्ने कार्य भइरहेको छ। सेनाले चीनबाट खरिद गरेको सामग्री ढुवानी ठेक्का ल्यास फ्रेट लजिस्टिकले पाएको हो। ढुवानीका लागि ११ कम्पनीले दिएको आवेदनमा ल्यास फ्रेट लजिस्टिक छानिएको हो। हाल सेनाले चीनबाट ल्याउन लागेको स्वास्थ्य सामाग्रीमा व्यक्तिगत सुरक्षा सामग्री ९पीपीई०, एन ९५ मास्कसहित कोरोना भाइरस संक्रमणको उपचारका लागि आवश्यक ६७ प्रकारका गरेर ३ सय ४२ टन स्वास्थ्य सामग्री ल्याउने लागेको छ। भारतीय कम्पनी बीपीपीआईसँग ५३ प्रकारको औषधि ल्याउने सेनाले जनाएको छ। चीनबाट ल्याउने मेडिकल सामानमध्ये २ वटा चार्टर्ड जहाजमार्फत र बाँकी स्थलमार्ग हुँदै ल्याइने बताइएको छ। ग्वान्जाओ हुँदै स्थलमार्ग प्रयोग गर्दा ती सामग्री काठमाडौं आइपुग्न १० दिन लाग्छ। १६ चैतमा सरकारले सेनालाई कोरोना भाइरस ९कोभिड–१९० को रोकथामका लागि आवश्यक औषधिदेखि अन्य स्वास्थ्य सामग्री ल्याउने जिम्मा दिएको थियो। यसअघि स्वास्थ्य मन्त्रालयले ओम्नी इन्टरनेसनलमार्फत १ अर्ब रुपैयाँभन्दा बढीको मेडिकल सामग्री ल्याउने सम्झौता गरेको थियो। सम्झौताअनुसार ओम्नी समूहले मेडिकल सामग्री नल्याएको र चीनले अनुदानमा उपलब्ध गराएका उही सामग्रीको तुलनामा १८ गुणासम्म महँगो परेपछि खरिद प्रक्रिया नै विवादमा परेपछि सरकारले सेनालाई मेडिकल सामग्री खरिद गर्ने जिम्मा दिएको हो। यता पछिल्लो समय कोरोना भाइरस रोकथाम र परिक्षणको लागि स्वास्थ्य सामाग्री सकिदै गएपछि ल्याबमा गरिने पीसीआर परीक्षणका लागि आवश्यक रिएजेन्ट देशभर नै अभाव भएको बेलामा यसअघि वैशाख ४ गते स्वास्थ्य मन्त्रालयले आवश्यक थप स्वास्थ्य स्वास्थ्य सामाग्री खरिद गर्न तीनवटा कम्पनीसँग खरीद सम्झौता गरेको थियो। स्वास्थ्य सेवा विभागले गरेको त्यही सम्झौता अनुसार एक हप्ताभित्रै कोभिड१९ को परीक्षणका लागि आवश्यक रिएजेन्टसँगै २२ थरी स्वास्थ्य सामाग्री ल्याउने सम्झौता भएको थियो। तर कम्पनीले भनेको समयमा चीनबाट खरिद गरेर ल्याउने नसकेपछि पीसीआर परीक्षणका लागि आवश्यक किट अभाव भइरहेको छ जसले गर्दा चितवन, भैरवहामा रहेको पिरिआर परिक्षण ल्याव बन्द भइरहेको छ। बुधबार मात्रै स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले १ लाख थान बराबरको नयाँ र्यापिड डाइग्नेस्टिक किट खरिदका लागि विद म्यानेजमेन्ट कम्पनीसँग सम्झौता गरेको हो।
स्रोतः थाहाखबर