विप्लव नेतृत्वको नेकपाका नेता अनिल शर्मा विरही पक्राउ
गुगलपाटी संवाददाताकाठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य अनिल शर्मा विरही पक्राउ परेका छन्। स्रोतका अनुसार उनलाई प्रहरीको टोलीले चितवनबाट मंगलबार पक्राउ गरेर हिरासतमा लिएको हो। विरही पक्राउ परेको पुष्टि गृहमन्त्रालयका एक अधिकारीले पनि गरेका छन्। पछिल्लो समय सरकारसँगको वार्ता प्रक्रियाका लागि क्रियाशील भइरहेका उनलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो। विरहीले सरकारसँग वार्ताका लागि सांसद सोमप्रसाद पाण्डेसहित सत्तारुढ नेकपाका उच्च तहका नेताहरुसँग पटक पटक संवाद गरेका थिए। विरही त्यही क्रममा काठमाडौं उपत्यकासहितका नजिकका भूगोलमा रहँदै क्रियाशील थिए। तर सरकारले वार्ताका लागि औपचारिकरुपमा पत्र नपठाएपछि यो प्रयास असफल हुँदै आएको थियो। विप्लवसहित विरहीलाई पनि सरकारले खोजीको सूचीमा राखिरहेको थियो।
स्रोतः थाहाखबर