र्यापिड परिक्षणमा पोजेटिभ देखिएको मकवानपुरका पिसिआर रिपोर्ट नेगेटिभ

गुगलपाटी संवाददाता
२३ बैशाख २०७७ १०:१५

मकवानपुरको भीमफेदी गाउँपालिकामा सोमबार भएको र्यापिड डाईगोन्ष्टिक परिक्षणमा पोजेटिभ देखिएको एक जनाको आज पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
सोमबार भीमफेदी गाउँपालिकाको स्वास्थ्य केन्द्रमा भएको र्यापिड डाईगोन्ष्टिक परिक्षणको क्रममा एक कर्मचारीमा रिर्पोट पोजेटिभ आएको थियो । आज हेटौंडामा भएको पिसिआर परिक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।