माक्स व्यापारीको भेषमा काठ तस्करी

गुगलपाटी संवाददाता
२४ बैशाख २०७७ ०८:१८

बर्दिबास :  महोत्तरीको बर्दिबास–४ माइस्थानबाट दुईजना काठ तस्कर पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दिबास नगरपालिका–३ का रमेश परियार र धनुषाको मिथिला नगरपालिका–१० का सोमबहादुर परियार रहेको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख मेहन्त साहले जनाए ।

उनीहरुलाई सशस्त्र वन सुरक्षा शाखा माइस्थानको हिरास्तमा राखिएको छ ।कार्यालय परिषरबाट उनीहरुले सखुवाको ६ थान फेन्टा९चिरान काठ० ४।४८ क्यूफिट काठ तस्करी गरेर लगेका थिए । ुहाम्रो नियन्त्रणमा रहेका रमेश परियार व्यापारीको भेषमा माक्स बिक्री गर्दै हाम्रो कार्यालय परिसरमा आएका थिए,ुप्रमुख साहले भने, ुहाम्रो कर्मचारीले माक्स किनेनन् । उनी कार्यालयमा राखेको सखुवाको काठमा नजर लगाएर फर्कियो । राती आएर उनीहरुले काठ तस्करी गरेर घर पुर्‍यायो ।ु

पत्ता लगाउँदै जाँदा दिउँसो माक्स बिक्री गर्न आएका रमेशले कार्यालयबाटै राती अध्याँरो भएको मौका छोपेर काठ तस्करी गरेर लगेको रहस्य खुलेको उनले बताए ।लकडाउनको मौकामा तस्करले वनबाट तस्करी गरि लैजाँदै गरेको काठ वनका कर्मचारीले बरामद गरेर कार्यालयमा कारवाहीका लागि राखेका थिए । सोही काठ फेरी रमेशको समूहले चोरीतस्करी गरेर घर पछाडि घाँसपातले छोपेर लुकाएका थिए । बिक्री गर्न सुरसारमा रहेका उनीहरुलाई काठ सहित रेन्जर सन्तोष यादवको नेतृत्व टोलीले चोरीएको काठ सहित उनीहरुलाई पक्राउ गरिएको हो ।

ुलकडाउन रक्सी र मासु खाने मन भयो । तर, गोजीमा रुपैयाँ नभएपछि उनीहरु काठ चोरी गर्न वन कार्यालय आएका थिए, ुप्रमुख साहले भने ।लकडाउनको अवधिमा डिभिजन वन कार्यालय महोत्तरीले चारजना काठ तस्करलाई पक्राउ गरेको छ । तस्कारी गर्न लागिएको साललगायत अन्य जातका ३ सय क्युफिट काठ बरामद गरेको छ।
स्रोतः अन्नपुर्णपोस्ट