बेलायतमा ३० हजार भन्दा धेरैको ज्यान गयो, विश्वमा ३९ लाख कोरोना संक्रमित

गुगलपाटी संवाददाता
२६ बैशाख २०७७ ०५:४९

काठमाडौं : विश्वमा कोरोना भाइरस ९कोभिड–१९०का कारण मृत्यु हुनेको संख्या २ लाख २७ हजार नाघेको छ। विगत २४ घण्टामा विश्वमा साढे पाँच हजार भन्दा बढीले ज्यान गुमाएका छन्। त्यस्तै एकै दिन ९६ हजार २ सय ६१ नयाँ विरामी थपिएका छन्। त्यस्तै विश्वमा १३ लाख ४१ हजार २२ जना निको भएका छन् भने ३९ लाख १३ हजार ६ सय ४३ जनामा संक्रमण भेटिएको छ। अमेरिकामा २४ घण्टामा २ हजार १ सय २९ जनाको ज्यान गएको वल्डोमिटरले जनाएको छ। त्यस्तै त्यहाँ थप २९ हजार पाँच सय ३१ जना नयाँ संक्रमित रहेका छन्। अमेरिकामा संक्रमितको संख्या १२ लाख ९२ हजार ६ सय २३ छ। हालसम्म अमेरिकामा ७६ हजार ९ सय २८ जनाको मृत्यु भइसकेको छ भने २ लाख १७ हजार निको भएका छन्। त्यहाँ १६ हजार ९ सय ९५ जनाको अवस्था अझै गम्भीर रहेको छ। युरोपेली देश बेलायतमा ३० हजार ६ सय १५ जनाको ज्यान गइसकेको छ भने त्यहाँ २ लाख ६ हजार ७ सय १५ कोरोना संक्रमित भेटिएका छन्। इटालीमा २९ हजार ९ सय ५८ को ज्यान गएको छ भने त्यहाँ २ लाख १५ हजार ८ सय ५८ जनामा संक्रमण छ। स्पेनमा २ लाख ५६ हजार संक्रममित हुँदा २६ हजार ७० को मृत्यु भइसकेको छ। त्यस्तै फ्रान्समा २५ हजारको ज्यान गएको छ भने ब्राजिलमा ९ हजार भन्दा बढीले ज्यान गुमाएका छन्। त्यस्तै बेल्जियममा ८ हजार चार सय १५ को मृत्यु भएको। जर्मनीमा ७ हजार ३ सय ९२ को ज्यान गएको छ। छिमेकी देश भारतमा संक्रमितको संख्या ५६ हजार पुगेको छ भने त्यहाँ १ हजार ८ सय ८९ जनाको ज्यान गएको छ। तीव्र रुपमा फैलिरहेको यो भाइरसका कारण रुसमा एकै दिन ११ हजार भन्दा बढी संक्रमित भेटिएका छन्। त्यहाँ हालसम्म १ हजार ६ सय २५जनाको मृत्यु भएको छ भने १ लाख ७७ हजार १ सय ६० जनामा संक्रमण देखिएको छ। यसैबीच पाकिस्तानमा २४ हजार ६ सय ४४ जनामा संक्रमण देखिएको छ। त्यहाँ हालसम्म ५ सय ८५ जनाको ज्यान गएको छ। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भने महामारीबीच भालिदेखि लकडाउन खोल्ने घोषणा गरेका छन्। लकडाउनका कारण झन गरिबी बढ्ने भन्दै उनले लकडाउन खोल्ने घोषण गरेका हुन्।