आज देशभर मेघगर्जनसहित वर्षाको सम्भावना

गुगलपाटी संवाददाता
२६ बैशाख २०७७ ०६:००

 देशका मध्य र पूर्वका पहाडी भूभागमा शुक्रबारको मौसम आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका मध्य र पूर्वका पहाडी भूभागका थोरै स्थानहरूमा साथै तराईका केही स्थानमा मेघगर्जन, तथा चट्याङ्सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शुक्रबार राति पनि देशका पूर्वी भूभाग लगायत मध्य र पश्विमका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली भई बाँकी भूभागमा आंशिक बदली रहने तथा मध्य र पूर्वका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ् तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

बैशाख २६ गते (शुक्रबार)

दिउँसोः देशका मध्य र पूर्वका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदलि र बाँकि भू(भागमा आंशिक बदलि रहनेछ ।देशका मध्य र पूर्वका पहाडी भू–भागका थोरै स्थानहरूमा साथै तराईका एक–दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशका पुर्वी भू–भाग लगायत मध्य र पश्विमका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली भई बाँकि भू–भागमा आंशिक बदली रहनेछ।मध्य र पुर्वका पहाडी भू(भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
बैशाख २७ गते (शनिबार)

दिउँसोः देशभर आंशिक देखि सामान्य बदली रहनेछ।देशका पहाडी भू(भागका थोरै स्थानहरुमा र तराइका एक दुइ स्थानमा मेघगर्जनरचट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशका मध्य र पुर्वका भू–भागमा सामान्य बदली भई बाँकि भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ। मध्य र पुर्वका केहि स्थानमा र पश्चिमका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको पहाडी भू–भागका थोरै तथा तराईका एक दुइ स्थानमा मेघगर्जनरचट्याङ्गरअसिना सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।