महिलाको गस्तीले सुध्रियो बस्ती
गुगलपाटी संवाददाता हेटौंडा,४ जेठमकवानपुर जिल्लाको एउटा बस्तीको मुहार महिलाहरुको रात्री गस्तीका कारण फेरिएको छ । लागू औषध दुब्र्यसनी,महिला हिंसा,झैझगडा र चोरीका कारण अशान्त बन्दै गएको पूर्व–पश्चिम राजमार्ग अन्तर्ग हेटौंडा–९ पशुपतिनगरस्थित मदन र स्वागत टोलमा महिलाहरुको रात्री गस्तीका कारण गाउँमा शान्ति छाएको हो ।
करिब दुई महिना अघिसम्म समे बस्तमिा राती अबेरसम्म होटलहरुमा मादक पदार्थ सेवन गर्नेहरुको भिड देखिन्थ्यो भने लागूपदार्थ दुब्र्यसनीमा फसेका युवाहरु सडक वरिपरि अर्धचेत अवस्थामा भेटिन्थे । भने घर झगडा र चोरीका घटना दैनिकजसो हुने गरेको थियो ।
तर दुई महिनादेखि महिलाहरुले राती गाउँमा गस्ती गर्न थालेपछि गाउँ शान्त बनेको स्थानीय राजकुमार गौतमले बताए । ‘कुनै न कुनै बिवाद र झैझगडाका कारण दैनिकजसो अशान्त बन्ने गरेको गाउँमा आजभोली कुनै समस्या छैन’,उनले भने, ‘कहिले कुटपिट कहिले चोरी र कहिले झगडाका कारण राती कतिखेर उठेर दौडनुपर्ने हो ठेगान थिएन । तर अहिले त्यो अवस्थामा परिवर्तन भएको छ ।’
बिशेषगरी राती नौ बजे गाउँभरीका महिलाहरु चोकमा जम्मा भएर गस्ती सुरु गर्छन् । हातमा लाठी लिएर करिब चार दर्जन महिलाहरु गाउँका प्रत्येक कुनमा पुगेर गस्ती गर्न थालेको दुई महिना बित्यो । हेटौंडा उपमहानगरपालिकामा सबैभन्दा बढि लागूऔषध दुब्र्यसनीको अखडा बनेको पशुपतिनगर महिला हिंसाका घटना भइरहेका प्रमुख वडामध्ये पनि पथ्र्यो ।
दिनहुँजसो श्रीमान्ले मादक पदार्थ सेवन गरेर राती घरमा श्रीमतीलाई कुटपिट गर्ने, छोराहरु लागूऔषधको लतमा परेर बिग्रने क्रम बढेपछि महिलाहरुले रात्री गस्ती थालेको रात्री गस्ती समुहकी अध्यक्ष कल्पना थापा मगरले बताईन् । सुरुका दिनहरुमा महिलाले गस्ती गर्दा गाउँका प्रायः पुरुषहरुले के देख्नुप¥यो भन्दै खिल्ली उडाउने गरेकामा अहिले भने पुरुषहरुले सहयोग गर्न थालेको बताईन् । उनीहरुले घर घरमा हुने मदिरा उत्पादन पनि रोक लगाउनुका साथै अपरान्ह पाँचबजेखि नौ बजेसम्म मात्र होटलहरुमा मादकपदार्थ सेवन गर्न पाईने नियम बनाएका छन् । आठ बजेपछि आउने ग्राहकलाई उनीहरुले खानेकुरा दिँदैनन् ।महिलाहरुले आठ बजेपछि होटल बन्द गर्ने गरेका छन् । यहाँ महिलाहरुले सञ्चालन गरेका करिब चार दर्जन सना होटल तथा पसलहरु रहेका छन् ।
अहिलेसम्म मादक पदार्थ सेवन गरेर श्रीमतीलाई कुटपिट गर्ने पाँच जनाको पुरुषलाई उनीहरुले कारबाहीको लागि प्रहरीलाई बुझाईसकेको स्थानीय सानु खड्काले बताईन् ।उनीहरुको यो अभियानलाई प्रहरी र स्थानीय सरकारले पनि साथ दिएका छन् । महिलाहरुको सक्रियताका कारण पशुपतिनगरको मदन र स्वागत टोलमा महिला हिंसा र झैझगडाका घटनाहरुमा कमि आएको सामुदायीक सेवा केन्द्र मकवानपुरका अध्यक्ष राम विष्टले बताए । नौ नम्बर वडा अध्यक्ष लक्ष्मण भण्डारीले महिलाहरुको गस्तीका कारण राती सुरक्षित भएर हिँड्न सकिने भएको बताए ।