पौडी खेल्ने क्रममा पानीमा डुबेर हेटौंडाकी एक बालिकाको मृत्यु
गुगलपाटी संवाददातापौडी खेल्ने क्रममा पानीमा डुबेर हेटौंडाकी एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर १९ का राजु अधिकारीको ८ बर्षीया छोरी अरमिता अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता सुजन पाठकले जानकारी दिए ।
मृतक अरमिता आज दिउँसो पौडी खेल्न भनेर खोलामा पुगेकी थिईन् ।
पानीमा डुबेर बेहोस भएकी उनलाई उपचारको लागि चुरेहिल अस्पताल ल्याइएको थियो ।
उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृतक अरमितको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा रहेको शव गृहमा ल्याइएको छ ।