मकवानपुरका गरिव तथा विपन्न परिवारलाई सहयोग

गुगलपाटी संवाददाता
२७ बैशाख २०७७ ०८:४९

विश्वनै कोरना भाईरस कोभिड १९ का कारण भयवित भैरहेको र यस्को असर नेपालमा समेत देखिएकाले सरकारले कोरना नियन्त्रण तथा रोकथामका लागी अव्ह्रन गरेको लकडाउनका कारण हजारौ घर परिवार दैनिकी जिवनयापन गुजरा गर्न कठिन भैरहेको अवस्थामा डाक्टर हरु रहेको सामाजिक संस्था हिमाल मुटु नेपाल ले गरिव विपन्न तथा पिछडा वर्ग लक्षित गर्दै राहत वितरण गरेको छ ।

हिमाल मुटु नेपाल नामक संस्थाले मकवानपुरको हेटौडा उपमहानगर पालिका ६ नम्वर वडा त्यस्तै गरी हेटौडा उपमहानगरपालिकाको १६ नम्वर वडा का गरिव विपन्न परिवारलाई राहत बाडेको छ भने हेटौडा उपमहानगरपालिका १५ नम्वर वडा भित्र रहेका विपन्न तथा चेपाङ परिवार लाइ पनी राहत वितरण गरेको छ । हेटौडा उपमहानगर पालिका को ६ नम्वर वडा मा निकट भविस्यमा संचालन हुने गरी निर्माणाधिन सिद्धस्थली ग्रमिण सामुदायिक अस्पताल समेत संचालनको तयारी गरि रहेको हिमाल मुटु नामक संस्थाले मकवानपुरमा रहेका गराव विपन्न तथा चेपाङ लक्षित राहत कार्यक्रमलाई तिव्र गतीमा अगाडि बढाएको छ ।

हिमाल मुटु नेपाल नामक संस्थाको सहयोग र सिद्धस्थली ग्रामिण सामुदायिक अस्पतालको सहकार्यमा हेटौडा उपमहानगरपालिका १५ सयफुटका चेपाङ परिवार र हेटौडा १५ बगेरीका चेपाङ परिवारलाई गरी ५० घर परिवारलाई राहत वितरण गरिएको छ ।
हिमाल मुटु नेपाल का अध्यक्ष डाक्टर अमन गौतम को सहजिकरण तथा हिमाल मुटु नेपाल की सचिव रिया शर्मा को उच्च व्यवस्थापनमा सिद्धस्थली ग्रामिण सामुदायिक अस्पताल हेटौडा ६ का भवन निर्माण तथा व्यवस्थापन समितका अध्यक्ष होमनाथ गौतम अस्पताल व्यवस्थापक गोमा गौतम को उपस्थितीमा राहत वितरण गरिएको थियो । हेटौडा उपमहानगर पालिका १५ का वडा अध्यक्ष महारत्न लामाको रोहबरमा राहत वितरण गरिएको थियो । राहत वितरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष लामाले हिमाल मुटु नेपाल ले गरिव विपन्न तथा चेपाङ परिवारको निभ्न लागेको चुलो भोकभोकै बस्नु पर्ने अबस्थामा यती ठुलो सहयोग गरेकाले हिमाल मुटु नेपाल लाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।

विशुद्ध डाक्टर हरु रहेर संचालन गरेको हिमाल मुटु नेपाल नामक संस्था ले हेटौडा उपमहानगर पालिका ६ मा १५ सैयाको सिद्धस्थलि ग्रामिण सामुदायिक अस्पताल संचालनमा ल्याउन लागेको हो ।
हेटौडा उपमहानगरपालिका १५ सयफुट र बगेरी का ५० चेपाङ परिवारलाई हिमाल मुटु नेपालले राहत स्वरुप १२.५ केजी चामल एक लिटर तेल एक पाकेट नुन एक केजी दाल एक केजी गेडागुडी एक केजी चिउरा एक पाकेट गहुको पिठो साबुन एक डिव्बा हर्लिक्स एक केजी चिनी एक पाकेट चियापती राहत स्वरुप वितरण गरेको थियो । राहत वितरण गर्दै हिमाल मुटु नेपालका अध्यक्ष डाक्टर अमन गौतमले भने ” गरिव विपन्न परिवार लाई यो हाम्रो सानो सहकार्य हो आगामि दिनमा पनी कोही त्यस्ता समस्यामा परेका छन भने हिमाल मुटु नेपाल गरिव विपन्न परिवारका लागी अवस्यक राहत सहयोग गर्न तयार छ ।