प्रदेश सभामा बिनियोजन बिधेयकको छलफल सकियो

गुगलपाटी संवाददाता हेटौंडा,४ जेठ
४ जेष्ठ २०७५ १३:१९

प्रदेशसभा तीनमा आगामी आर्थिक वर्ष २०७५÷७६ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे छलफल सकिएको छ ।

बिहीबार र शुक्रबार भइएको छलफलमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रस्तुत गरेको सिद्धान्त र प्राथमिकतामाथि ५३ जना प्रदेशसभा सदस्यले बोलेका थिए ।छलफलमा बोल्ने अधिकांस प्रदेशसभा सदस्यहरुले सिद्धान्त र प्राथमिकता सतही भएको टिप्पणी गरेका थिए ।

मन्त्री ढुङ्गेलले प्रस्तुत गरेको २३ पेजको विनियोजन विधेयकको प्राथमिकताहरुमा प्रदेश गौरवको योजना, कृषिको आधुनिकीकरण, पर्यटन प्रवद्र्धन, मुख्यमन्त्री ग्रामीण सडक निर्माण, सुशासन, आर्थिक विकास लगायत विषय रहेका छन् । सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभाको आगामी बैठक जेठ १३ गतेको लागि तोकोका छन् ।