बालिका बलात्कार गरी फरार युवा पक्राउ
गुगलपाटी संवाददातादलित बालिकालाई बलात्कार गरेर फरार भएका मोरङको मिक्लजुङका एक युवा पक्राउ परेका छन । मिक्लाजुङ गाउँपालिका–९ मधुमल्लाबाट धिरेन मगरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुवास राई नेत्रृत्वको टोलीले २१ वर्षीय मगरलाई पक्राउ गरेको छ ।
मगरले वैशाख १९ गते राति १४ वर्षीया दलित बालिकालाई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए । उनका अनुसार राति घरमै बालिका सुतिरहेको अवस्थामा पुगेका मगरले बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ ।
आफूमाथि बलात्कार हुन थालेपछि बालिकाले होहल्ला गरेको र अभिभावक बालिका सुतेको कोठामा आइपुग्दा मगर फरार भएको डीएसपी राईले बताए । बालिकाको उपचार तथा स्वास्थ्य परीक्षण कोसी अञ्चल अस्पतालमा गरिएको थियो ।
पक्राउ परेका मगर विरुद्ध जवर्जस्ती करणी मुद्दा चलाउन अनुसन्धान थालिएको डीएसपी राईले जानकारी दिए ।