सधैंको सीमा विवादभन्दा काँडेतार लगाऔं : माधव नेपाल

गुगलपाटी संवाददाता
२९ बैशाख २०७७ ०६:५३

काठमाडौँ — नेकपाका नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले भारतसँग सँधै सीमा विवाद भइरहनुभन्दा सीमानामा काँडेतार लगाउन उचित हुने बताएका छन् । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सोमबार बिहानको छलफलमा उनले नेपालले अब आफ्नो सीमाको नियमन र नियन्त्रणमा जानुपर्ने बेला आएको पनि बताए ।

उनले सबै खालका तथ्य र तर्कका साथ भारत र चीन सरकारसँग कुरा गर्नुपर्ने पनि बताए । चीन सरकारसँग पनि कुरा गर्नुपर्छ । ुदुवै देशसँग कुरा गरेर सीमाको विवाद सुल्झाउन सरकारले तत्काल प्रयास थाल्नुपर्छ । अनि आफ्नो सीमामा सीमामा भवन निर्माण गर्ने र सुरक्षाकर्मी राख्ने उचित प्रबन्ध गर्नुपर्छ, उनले भने ।

उनले नेपालमा भारतविरोधी भावना बढेकोमा भारतीय शासकहरुमा चिन्ता बढेको देखिने भन्दै नेपालको भूमिमाथि नै दावा गर्ने भारतका कामले यस्तो भएको पनि बताए ।

ुसानो छिमेकी राष्ट्रप्रति भारतको धारणा ठीक छैन कि भन्ने गम्भीर आशंका भएको छ । नेपाल र भारतबीचमा भएका सन्धिलाई भारतले उल्लंघन गरेको छ । नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप गरेको छ, उनले भने ।

उनले नेपालको पश्चिम सीमाना लिम्पियाधुरामा पर्ने भन्दै काली नदी नै सीमा नदी हो भन्ने नक्सा र तथ्य प्रमाण भएको बताए । लिम्पियाधुराबाट बग्ने काली नै सीमाना नदी हो भन्ने दस्तावेजहरू पनि पर्याप्त छन्, उनले भने, यो कुरा भारत सरकारले पनि त्यतिबेला स्वीकार गरिसकेको ।

उनले सरकारले भिडियो कन्फ्रेन्समार्फत् भारतसँग कुरा गर्नुपर्ने पनि बताए । यसमा कोरोना भनेर आलटाल गर्नु नहुने पनि उनले बताए ।

उनले नेपालले आफ्नो सबै भूमि समेटेको नक्सा सार्वजनिक गरिहाल्नु पर्ने पनि बताए । भूमि सुधारमन्त्री पद्मा अर्यालले दुई सय वर्षदेखि लिपुलेक क्षेत्र नेपालको नक्सामा छैन भन्ने अभिव्यक्ति दिएको आफूले सुनेको भन्दै उनले यो कुरा गलत भएको पनि बताए । आफ्नै पार्टीकी मन्त्रीको अभिव्यक्तिबारे उनले भने ुमन्त्रीले यस्तो कुरा बोलेको हो भने सरकारलाई विवादित बनाउने अभिव्यक्ति दिनु हुन्न । बोलेको होइन भने खण्डन दिनुपर्छ । र नक्सा तत्काल सार्वजनिक गर्नुपर्छ ।