हेटौंडाको आईसोलेसन वार्डमा रोवर्टको प्रयोग
गुगलपाटी संवाददाताहेटौंडा–४ मा रहेको आईसोलेसन वार्डमा रोवर्टको प्रयोग गरिने भएको छ । नेपाल इन्जिनियरर्स एशोसियसन बागमती प्रदेशले रोर्वटिक एशोसियसन अफ नेपालको समन्वयमा आईसोलेसन वार्डलाई रोवर्ट उपलव्ध गराएको हो ।
आईसोलेसन वार्डमा रहेका सेवा लिईरहेकाहरुलाई रोवर्टकै माध्यमबाट खाना पुर्याउन, उनीहरुसंग संवाद गरी स्वास्थ्य अवस्था जानकारी लिन र सुझाव दिन उपयोगी होस् भन्ने उद्धेश्यले रोवर्ट उपलव्ध गराएको वार्ड इन्चार्ज एवं जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईले बताए ।
‘तर हाम्रो भौतिक संरचनाका कारण खाना पुर्याउन चै अहिले असहज छ ।’–उनले भने । आईसोलेसन वार्डमा खुट्किला भएकाले रोवर्टलाई आउजाउ गर्न समस्या हुने उनको भनाई छ । सेवा लिईरहेकाहरुले प्रत्यक्ष रुपमा भिडियो संवाद गर्ने, अवस्था बुझ्ने जस्ता काम गरेर औषधी सेवन लगायतका सुझाव दिन रोवर्ट लाभदायी हुने चौलागाईको भनाई छ ।