फुर्सदमा पुटिन र ट्रम्पका गफ,कुन देशको केटी राम्री
गुगलपाटी संवाददाता एजेन्सीविश्वका शक्तिशाली नेताहरू एक–अर्काबीच कस्ता विषयमा गफ गर्छन् भन्नेबारे जोकोहीलाई कुतूहलता लाग्न सक्छ । तपाईंंलाई लाग्न सक्छ, ती नेताहरू पैसा, व्यापार, देश, विकास, राजनीतिलगायत समसामयिक विषयका बहसमा मात्र केन्द्रित हुन्छन् ।
विश्वका शक्तिशाली नेता केवल यस्तै समसामयिक विषयमा मात्र केन्द्रित हुन्छन् भन्ने सोच्नुभएको छ भने तपाईं गलत साबित हुन सक्नुहुन्छ । उनीहरू यौन, महिलाको फिगर, यौनकर्मीलगायतका विषयमा पनि मज्जाले गफिन्छन् । प्रसंग विश्वकै शक्तिशाली देश अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र लगातार चार कार्यकालमा निर्वाचित रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको हो ।
पुटिन र ट्रम्प भेट हुँदा उनीहरू आफ्ना देशका महिला यौनकर्मीका बारेमा पनि राम्रसँगै गफ दिन्छन् । उनीहरूले आ–आफ्ना देशका यौनकर्मीको फूर्तिसमेत लगाउँछन् । अमेरिकी संघीय गुप्तचर निकाय ९एफबिआईका पूर्वप्रमुख जेम्स कोमीले हालसालै यस्तो खुलासा गरेका हुन् ।
कोमीलाई केही महिनाअघि ट्रम्पले एफबिआई प्रमुखबाट विभिन्न आरोप लगाई बर्खास्त गरेका थिए । कोमीले सार्वजनिक गरेको मेमोका केही पेज केही अमेरिकी सञ्चारमाध्यमहरूमा पुगेको छ । मेमोमा उल्लेख भएअनुसार ट्रम्प र पुटिनले आफ्ना देशका यौनकर्मीको खुलेर प्रशंसा गर्छन् ।
कोमीको मेमो सार्वजनिक भएसँगै अमेरिकी राजनीतिमा फेरिी हंगामा आउने सम्भावना छ । पछिल्लो समयमा दुई देशबीच तनाव बढिरहेका वेला उनीहरूबीच भएको विवादास्पद कुराकानीले दुवैजना समस्यामा पर्ने देखिन्छ । एक दिन पुटिनले रसियाका यौनकर्मी विश्वमै सबैभन्दा सुन्दर र कामुक हुन्छन्भनेर ट्रम्पलाई धाक लगाएको विषय ट्रम्पले कोमीलाई सुनाएका थिए ।
तर, पुटिनले कुन सन्दर्भमा ट्रम्पलाई आफ्ना देशका यौनकर्मी र महिलाबारे धाक लगाएका थिए भन्नेबारे भने केही उल्लेख गरिएको छैन । सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपति निर्वाचनमा रसियाले हस्तक्षेप गरेको अमेरिकाले बताउँदै आएको छ । यसै विषयमा कोमी पनि अनुसन्धानको घेरामा तानिएका छन् ।
के भनेका थिए पुटिनले ?
जेम्स कोमीले अहिले जुन दाबी गरेका छन्, सोबारेमा राष्ट्रपति पुटिनले २०१७ मा भनेका थिए । पुटिनले सो समयमा भनेका थिए, ‘ट्रम्प अझै पनि यस्ता वयस्क व्यक्ति हुन्, जो वर्षौँदेखि सुन्दरी प्रतियोगिता आयोजना गर्दै आएका छन् । उनले वर्षौँदेखि धेरै सुन्दर युवतीसँग गफगाफ गर्छन् ।’
पुटिनले रसियाका उच्च तहका व्यक्तिले पदीय मर्यादको सम्मान गर्दै अर्धनग्न युवतीको पनि सम्मान गर्ने धाक लगाएका थिए । उनले भनेका थिए, ‘कुनै होटेलमा जवान र अर्धनग्न युवतीसँग गफिएर बस्नु मेरा लागि कल्पनाबाहिरको विषय हो । यस्ता गतिविधिलाई सामाजिक दृष्टिले रसियामा निम्नस्तरको मानिन्छन् ।’ । तर, ट्रम्पको आचरणमा भने उनले आशंका गरेका छन् ।
‘यसमा कुनै शंका छैन कि रसियाका युवती दुनियाँमै बहुत सुन्दरी हुन्छन् । सुन्दरी प्रतियोगिताका क्रममा त्यस्ता युवतीसँग होटेलमा बस्दा ट्रम्प केवल कुराकानीमै सीमित भए भन्नेबारेमा भने मलाई शंका लाग्छ ।’
पोर्नस्टारसँग फसे ट्रम्प
राष्ट्रपति ट्रम्प विभिन्न युवतीहरूसँगको सम्बन्धका कारण विवादमा तानिएका छन् । राष्ट्रपति निर्वाचनमा ट्रम्पले पोर्नस्टारलाई ठूलो रकम दिएर आफूहरूबीचको सम्बन्ध गुपचुप राखेका थिए । आफूहरूबीचको सम्बन्धलाई सार्वजनिक नगर्न राष्ट्रपति निर्वाचनअगाडि ट्रम्पले आफूलाई केही रकम र फ्ल्याट दिएको पोर्नस्टार डेनियल्सले आरोप लगाएकी छिन् ।
डेनियल्ससँगको अनैतिक सम्बन्ध साम्य पार्न आफ्ना निजी वकिल मिसेल कोहेनलाई १ लाख ३० हजार डलर रकम दिएका थिए । निजी वकिल मिसेल कोहेनले पोनस्टार डेनियल्सलाई दिएको रकम ट्रम्पले भुक्तानी गरिदिएको न्युयोर्क सिटीका पूर्वमेयर रुडी बताउँछन् ।
सो भुक्तानी पूर्ण रूपमा वैद्य भएको गिउलियानीले एक अन्तर्वार्तामा भनेका छन् । ट्रम्पले सन् २०१६ को राष्ट्रपति निर्वाचन अभियानमा सो रकम भुक्तानी दिएको उनको भनाइ छ ।
प्लेब्वाय पुटिन
केही रसियालीको नजरमा रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनलाई प्लेब्वाय हुन् । पुटिनको नाम धेरै महिलाहरूसँग जोडिएको छ । उनको खेलाडी एलिना काबेभा र पूर्वगुप्तचरी महिला अन्ना चापम्यानलगायत दर्जनौँ महिलासँगको अफेयर चलेको थियो । उनको धेरै महिलासँग लसपस रहेको विदेशी गुप्तचर निकायले दाबी गर्छन् । पुटिन गुप्तचर निकायको अधिकारी भएर जर्मन खटिँदादेखि राष्ट्रपतिको भूमिका रहँदा कुनै न कुनै महिलाको निकट थिए ।
पाँच वर्षअघि पुटिनले एक टेलिभिजन सम्बोधनमार्फत पत्नी लिउडमिलासँग सम्बन्धविच्छेद भएको घोषणा गरेका थिए । ‘हामी व्यावहारिक रूपमा एक–अर्काबीच कहिल्यै नजिक भएनौैँ,’ एउटा नृत्य कार्यक्रममा पत्नीसँगको सम्बन्ध टुटेको खुलासा गर्दै पुटिनले भनेका थिए ।
सम्बन्धविच्छेद हुने समयमा उनको रसियाकी एक उच्च मोडलसँग हिमचिम बढेको थियो । तत्कालीन प्रथम पत्नी लिउमेडा उपस्थित हुने कार्यक्रमको स्थान ती मोडलले लिन्थिन् । पुटिन रसियाको गुप्तचर अधिकारी हुँदा असंख्य महिलासँग यौन सम्पर्क राखेको रसियाली सञ्चारमाध्यमहरूको दाबी छ ।
सार्वजनिक जीवनमा विभिन्न स्टन्ट प्रदर्शन गर्ने पुटिनको पत्नीमाथि दमन गर्ने आरोप लागेको थियो । जर्मनीको गुप्तचर सेवाका अनुसार पुटिनले बारम्बार पत्नी कुट्थे । पुटिन बालदुराचारी भएको जर्मनको आरोप छ । उनी जर्मनमा खटिँदा उनले जर्मन बालबालिकामाथि यौन दुव्र्यवहार गरेको र पत्नीलाई निर्मम ढंगले कुट्ने गरेको जर्मनीको गुप्तचर संस्थाको दाबी छ । नयाँ पत्रिकाबाट