भारतीय हस्तक्षेप विरुद्ध हेटौंडामा प्रदर्शन

गुगलपाटी संवाददाता
३० बैशाख २०७७ १२:३९

हेटौंडाः भारतले नेपालको सुदुरपश्चिमको कालापानी क्षेत्रमा नेपाली भूमी मिचेर सडक बनाएको विरोधमा बागमती प्रदेशको राजधानी हटौंडामा आज विरोध प्रदर्शन गरिएको छ । मंगलबार दिउँसो हेटौंडाका युवाहरुले प्रदर्शन गरेका हुन् । हेटौंडामा सक्रिय रहेको युथ अफ हेटौंडा सहित अन्य सामाजिक संघ संस्थामा आवद्ध रहेका युवाहरुले प्रदर्शन गरेका हुन् ।
हेटौंडामा संयौको संख्यामा रचनात्मक ढंगले प्रर्दशन भएको हो । बुद्धचोकमा युवाहरुले भारतीय हस्तक्षेप विरुद्धमा प्ले कार्डहरु बोकेर प्रदर्शन गरेका थिए । करिब एक घण्टा भएको शान्तिपुर्ण प्रदर्शनमा कुनै पनि किसिमको नारा जुलुस नभएको अभियान्ताहरुले जानकारी दिए । सरकारले भारतीय पक्ष संग कुटनीतिक पहल गरेर चाँडो भन्दा चाँडो नेपाली भुमि फिर्ता गर्नु पर्ने प्रदर्शनमा युवाहरुले माग गरेका थिए ।

तपाईको प्रतिक्रिया