चन्द्रगिरीमा दुईओटा गाडी र एम्बुलेन्स लुटपाट

गुगलपाटी संवाददाता
३१ बैशाख २०७७ ०९:५६

 बज्रवाराहीस्थित प्यासिफिक सहकारी संस्थाले संचालन गर्दै आएको एम्बुलेन्स विरामी बोकिरहेकै अवस्थामा लुटपाटमा परेको छ । संस्थाद्वारा संचालित प्रदेश ३–०१–०२३ च ११०९ नम्बरको एम्बुलेन्स मंगलबार राती सबा एघार बजे चन्द्रागिरीको सेतो पहरामा लुटपाटमा परेको सहकारी संस्थाका सचिब सुविनभक्त श्रेष्ठले जानकारी दिए । ३ वटा मोबाइल र १८ हजार रुपियाँ नगद लुटेको श्रेष्ठले बताए ।

एम्बुलेन्स राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँबाट डिस्चार्ज भएका थाहा–१० न्हुलगाउँका बिरामी लिएर आउँदै थियो । एक जना विरामी र दुई जना कुरुवासमेत लिएर आउँदै गरेको एम्बुलेन्स रोकेर हातपात गर्नुका साथै हतियारको डर देखाएर लुटपाट गरेको एम्बुलेन्स चालक ईश्वर महर्जनले जानकारी दिए ।

मंगलबार राती नै सोही स्थानमा काठमाण्डौं तरकारी पु¥याएर फर्केको गाडी र राँगो पु¥याएर फर्केको गाडी पनि लुटपाटमा परेको छ । राँगा र तरकारी बेचेको नगदका साथै सुनको सिक्री र मोवाइलसमेत लुटिएको पीडितले बताए । लुटपाटमा पर्ने दुबै गाडी चित्लाङ आउँदै थिए ।

एम्बलेन्स लुटपाटमा परेपछि प्यासिफिक बचत तथा ऋण सहकारीले थानकोट प्रहरीमा मुद्धा दर्ता गराएको छ । लुटपाटमा संलग्नहरू मध्ये तीन जनालाई इलाका प्रहरी कार्यालय(ख) चित्लाङले पक्राउ गरेर थानकोट पठाएको छ । उनीहरूलाई महानगरीय प्रहरी वृत थानकोटमा रखिएको छ । थानकोटका प्रहरी निरीक्षक गायत्रीराज शर्माले घटनाको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।