बाल्टिनमा डुबेर शिशुको मृत्यु
गुगलपाटी संवाददाताआफ्नै घरको शौचालयभित्र पानी भरेर राखेको बाल्टिनमा डुबेर १८ महिने शिशुको मृत्यु भएको छ ।
मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिका–७ लामा टोलका दिनेश ब्लोनको छोरी १८ महिने इशा ब्लोनको बाल्टिनमा डुबेर मुत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुजन पाठकले जानकारी दिए ।
खेल्ने क्रममा शिशु शौचालयको बाल्टिनमा डुबेको उनले बताए । बाल्टिनमा डुबेको अवस्थामा शुशुलाई अविभावकले फेला पारेका थिए ।
बेहोस अवस्थामा रहेकी शिशुलाई उपचार गर्न तत्काल चितवनस्थित भरतपुर अस्पताल लगिएको थियो । अस्पतालले शिशुको मृत घोषणा गरेको प्रवक्ता पाठकले जानकारी दिए ।