प्रदेश सिमानामा मुख्य मन्त्रिको अनुगमन, चेक जांच तिब्र
गुगलपाटी संवाददाताबागमती प्रदेश सरकारले दुई नम्बर प्रदेश र बागमती प्रदेशको सिमाना चुरीयामाई मन्दिर नजिकै नाकाको बागमती प्रदेशका मुख्य मन्त्रि डोरमणी पौडेलले अनुगमन गर्नुभएको छ ।
संक्रमित क्षेत्रबाट लुकिचोरी एक जिल्लाबाट अर्को जिल्ला तथा प्रदेश प्रबेश गर्नाले संक्रमणको जोखिम बढेकाले जोखिम न्यूनिकरणका लागि नाका शिल गर्नु परेको बताउदै चेकजांच कडा पार्न बागमती प्रदेशका मुख्य मन्त्रि डोरमणी पौडेलले नाका निरिक्षणका क्रममा निर्देशन दिनु भएको छ ।
उक्त क्षेत्रबाट कोरोना संक्रमितहरु बागमती प्रदेश प्रवेश गर्ने संभावना बढेपछि उक्त क्षेत्रमा कडाई गरेको हो । अत्यावश्यक सवारी साधनलाई भने रातोमाटे चेकपोष्टमा सेनिटाइजिङ गरेर मात्र प्रवेश गर्न दिईएको छ । अत्यावश्यक बाहेकका अन्य सवारी साधन, सवारी चालक र सहचालक बाहेक बढी यात्रु बोकेर आएका अन्य सवारी साधन तथा मानिसहरुलाई फिर्ता पठाईएको र सुरक्षकमीहरु जोखिमकाविच पनि सुरक्षीत रहेर काम गरिरहेको मकवानपुरका प्रहरी प्रमुख सुसिल सिहं राठोरले वताए ।
वाहिरी जिल्लावाट हुने मानिसहरुको आवत जावत पुर्णरुपमा रोक लगाउने र संक्रमित जिल्लावाट कामदार तथा श्रमिकहरु ल्याउन नदिने साथै मालवाहक सवारी साधनहरुमा चालक र सहचालक वाहेक अन्य व्यक्तिहरु चढ्न नपाईने निर्णय कमाण्ड पोष्टको बैठकले गरेको थियो ।