मुख्यमंत्रीमा सपथ लिएकै भोलिपल्ट राजिनामा
गुगलपाटी संवाददाता कर्नाटक(भारत)
कर्नाटकका मुख्यमन्त्री बीएस यदुरप्पाले सपथ लिएको भोलिपल्ट राजीनामा दिएका छन् ।
हालै भएको चुनावमा सबैभन्दा ठूलो दल बनेको भारतीय जनता पार्टी ९बीजेपी०लाई गर्भनरले सरकार गठनका लागि ३ जेठको राति आहृवान गरेको थियो ।
भोलिपल्ट यदुरप्पाले मुख्यमन्त्रीको सपथ लिएका थिए । तर, सर्वोच्च अदालतले कर्नाटक विधानसभामा बहुमत देखाउन प्रदेश सरकारलाई आदेश दियो ।
आज शनिबार बीजेपीले बहुमत पुष्टि गर्नुपर्ने थियो । तर, १०४ सांसद मात्र थियो । कांग्रेस वा जेडीएसका सांसदको समर्थन पाउने नदेखेपछि यदुरप्पाले राजीनामा दिए ।
अब कांग्रेस र जेडीएस मिलेर सरकार बनाउनेछन् । तेस्रो दल जेडीएसका नेता कुमाराश्वामी मुख्यमन्त्री बन्नेछन् । कांग्रेसले उनलाई समर्थन गर्ने बताइसकेको छ ।