हेटौंडामा कालोबजारी गर्ने तिनजना पक्राउ
गुगलपाटी संवाददाताजना कोरोना भाइरस (कोभिड -१९) ले विश्व नै ग्रसित रहेको बेला हेटौंडा बजारमा भने लकडाउन अझै खुकुलो देखिन्छ । सरकारले गरेको लकडाउनको समयमा तरकारीमा कालोबजारी र मासुपसल खोलिएको भन्दै बसपार्कमा खटिएका प्रहरी हवल्दार मुर्तुजा देवानको कमाण्डमा खटिएको प्रहरीले शनिबार तिनजनालाई पक्राउ गरेको हो । मासु पसल खोलन रोक लगाए पनि अटेर गरि खोलिएको र तरकारीमा कालोबजारी गरेको कारण निउनत्रणमा लिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रवक्त सुजन पाठकले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार खाद्य दुग्ध बाहेक अन्य कुनै पसल खोल्न नपाइने बताइएको छ । सडकमा विभिन्न सवारीसाधनहरुको पास समेत रद्द गरिएको छ ।
मासु पसलाका हकमा भने मकवानपुर उद्द्योग वाणिज्य संघका अनुसार बन्द गर्नुपर्ने र जिल्ला प्रशासनका अनुसार बन्दको यस्तो कुनै निर्णय नभएको जनाएको छ भने अधिक मूल्यका विषयलाई मात्र हेरिने हेटौडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले जानकारी दिए ।
उपभोक्तालाई ठगी गरेको भन्ने गुनासोका कारण मासु पसलका व्यापारीहरुले अधिक मुल्यमा विक्री गरेको पाइएका कारण केहि पसलेलाई कारवाही समेत गरिएको उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले बताए । तराईबाट महंगोमा ल्याइएका कारण अधिक मुल्यमा विक्री गरेको बताएपछि कोरोना रोक्नका लागि वाणिज्य संघले तराईबाट ल्याउनुपर्ने मासु बिक्री गर्न रोक लगाएको बताए ।