भिमफेदी कारागारमा जेलर र प्रशासन मिलेर कैदीहरुलाई दमन

गुगलपाटी संवाददाता
३ जेष्ठ २०७७ ०९:२४

हेटौंडा :  कोरोना भाइरस (कोभिड –१९) का कारण विश्व नै त्रासमा रहेको बेला भिमफेदी कारागारमा भने जेलर र प्रशासन मिलेर कैदीहरु माथि दमन गरेको भन्दै लफडा भइरहेको छ । कारागारमा जेलर र प्रशासन मिलेर दमन गरेको भन्दै कैदीहरु विरोधमा उठेका छन् । कारागारमा रहेको कैदीहरुलाई मानव अधिकार हनन हुने गरि व्यवहार देखाएको कारागार स्रोतको भनाई छ ।

भिमफेदी कारागारमा रहेको दुई वटा ब्लक मध्ये “क” कारागारमा रहेका कैदीहरुलाई दमन गरेको भन्दै केही अनसनमा बसिरहेका छन् । विगत लामो समय देखि कारागारमा आएका तरकारी, खाद्यान्नहरु जेलर र प्रशासन मिलेर कमिसन खादै आएको कारागार स्रोतले जानकारी दिए ।
कैदीबन्दीहरुले नेपाल सरकारको गृहमन्त्रीलाई समेत चिठि लेखेका छन् । । यद्यपी उक्त चिठी अहिले सम्म गृह मन्त्रालय पुगे नपुगेको खबर नभएको स्रोतले बताएका हो ।