लकडाउनले मोबाईल क्षेत्रमा परेको असर अनि अबको भूमिका

दिनेश न्यैपाने
३ जेष्ठ २०७७ १०:२०

 
बिश्व महामारीको रुपमा रहेको कोरोना भाईरसको प्रभाबले अबको बिश्ब अर्थतन्त्र नै धारासायी बन्ने अबस्थामा छ । यसले बिश्वलाइ नै चलायमान बन्न दिएको छैन । न त मान्छै कतै आवत जावत गर्न पाएका छन् । अब विश्वको अर्थतन्त्र कता जाला भन्न सकिने कुनै आँकलन गर्न सकिने अबस्था त छैन । दिन प्रतिदिन बढ्दै गरेको बेरोजगारी अबको दिनमा झन जटिलतातर्फ जाने संकेत देखिदै गएको छ ।।।।

२०७२ सालमा आएको महाभुकम्पले नेपालको मोबाईल क्षेत्रलाई ठूलो चोट पु¥याएको थियो । त्यस महामारीले दिएको चोटमा खाटो बस्न नपाउदै छिमेकी राष्ट्रले गरेको नाकाबन्दीले नेपालको अर्थतन्त्र पूर्ण रुपमा थला प¥यो । यस्तो अबस्थामा पनि मोबाईल बजारलाई ठुलै चोट परेको थियो । अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको यो बजार फेरि अर्को नराम्रो अवस्थामा पुगेको छ ।
मोबाईल बजार अर्थतन्त्रमा पूर्णरुपमा निर्भर रहने भएकाले नेपालको मोबाईल बजार पनि त्यतिकै दयनीय परिस्थितिमा रहेको पाईन्छ । नेपलको अर्थतन्त्रलाई चलायमान बनाउने एक मात्र माध्यम रेमिटेन्स बनेको हो र नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिकामा रेमिटेन्सले ठूलो हिस्सा लिदै आएको छ । दक्षिण एसियाभित्र नेपालमा रेमिटेन्सको सबै भन्दा धेरै हिस्सा रहेको देखिन्छ त्यो अ‍ेैले ह्वात्तै घट्ने दखिन्छ । यसको साथ साथै चभब िकतबतभ को पनि कुनै काम नहुदा यो बजारलाई असर परिरहेको आंकलन गर्न सकिन्छ ।

 

चालू आर्थिक वर्ष को तथ्याङ्क हेर्दा नेपाली बजारमा विश्वका विभिन्न देशबाट मोबाइल भित्रिने गरेपनि ती मध्ये चीन, भेइतनाम, भारत लगायतका देशबाट बढी फोन आउने आंकलन छ । विश्वव्यापी रूपमा फैलिएको कोरोनाले आपूर्तिमा समस्या होला भन्ने उद्देश्यले व्यवसायीले पहिल्यै मोबाइल बडी नै आयात गरेको पनि पाईन्छ । ‘मोबाइल ल्याउने मुलुकमा बन्दाबन्दी होला भनेर व्यवसायीले मोबाइल स्टक राख्न पहिल्यै आयात गरे पनि, अहिले बेच्न नपाउँदा घाटा लागेको गुनासो पनि यधा कदा सुन्न पाईन्छ । देश सामान्य अवस्थामा आएको लामो समयपछि मात्र मोबाइलले बजार लिने पक्कापक्की नै छ । यो अबस्थामा व्यापारीले बैंकको लोन समन कसरी तिर्ने भन्न थालेका छन् । बिगत को बर्ष लाई आधार मान्नी हो भने यो समयलाई मोबाईल व्यापारको मेरुदण्डको रुपमा लिइन्थो किनभने यो समय चार लाख भन्दा बढी बिद्यार्थीले एस.इ.इ. अनि नौ लाख भन्दा बढीले उच्च माध्यमिक परीक्षा दिएर बस्थे यो अवस्थामा मोबाईल बजार मा सकराच्मक प्रभाव देख्न पाइनथ्यौ ।
बच्चा पना को स्मरन गरौं न कुनै बेला थियो कति मोबाइल चलाएको १ बन्द गरेर पढ्न भनेर आमाले हप्काएपछि लुसुक्क पर्दै मोबाइल बन्द गरी पढ्न जन्थे अनि किताब अगाडि राखेर सोच्थे भविष्यमा मोबाइलमै पढ्ने दिन आए कति मज्जा आउँथ्यो होला है ? दिनभरि मोबाइलमा गेम खेलेर बस्थेँ । अनि पढ्दैछु, डिस्टर्ब नगर्नु भन्दै घरमा झुठो बोल्न कति मज्जा हुन्थ्यो होला है ? हो आज तेस्तै समय आएको छ । विभिन्न विद्यालयहरुले अनलाईन कक्षा लिन थलेका छन् । विभिन्न संघसंगठनहरुले पनि प्रविधिबाट नै कार्यक्रम संचालन गर्दै आएका छन् । यसले पनि प्रष्ट हुन्छ कि आज को युग को अपरिहार्य साधन मोबाईलनै हो भनेर ।।
साच्चै समय आएकै हो
लकडाउनमा घर बाहिर निस्कन नमिलेपछि अधिकांश समय इन्टरनेट, मोबाइल, ल्यापटप अनि टिभीमा समय बिताउनु पर्ने बाध्यता छ । यसको साथै आफ्नो एकाडेमीक अध्ययन पनि अनलाइन मार्फत नै गर्ने को जमात पनि राम्रै नै भएको पाईन्छ ।
पछिल्लो समय मोबाइलले विश्वमै राम्रो बजार पाइरहेको थियो । पछिल्लो समय मोबाइल प्रयोगकर्ता पनि बढ्दै गएका थिए । ग्रामीण क्षेत्रसम्म दूरसञ्चार पूर्वाधार तथा सेवा पुग्न थाले पछि विकट क्षेत्रमा पनि मोबाइल सेवाको प्रयोग तीव्ररूपमा भइरहेको थियो । यसले मोबाइल बजारलाई नै ठुलै राहत मिलिरहेको थियो ।
यसैलाई मूल्याकंन गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकीकरण जस्ता कार्यक्रमको मोडालिटीलाई पुनर्विचार गरी रोजगार गुमाएकालाई रोजगारी प्रदान गर्ने गरी बजेट र अन्य आर्थिक नीति तयार पार्नुपर्ने देखिन्छ ।
नयाँ योजना निर्माण गर्नु र निर्माण भएका असल योजनाहरुको कार्यान्वयन गर्ने । त्यसैगरी विगतमा लिइएका नीतिलाई परिमार्जन गरी भविष्यको सुस्पष्ट खाका तयार गर्नु आजको मुख्य आवश्यकता हो । बिश्वास गरुँ अबको बाटो यस महामारीका कारण वैदेशिक रोजगारीमा गएका लाखौं युवा फर्कने र अबको दिन मा आबैधानिक रुपमा आउने मोबाईल पनि केहि कमि हुने देखिन्छ ती युवाहरुलाई क्रय शक्ति बढाउने खालको चलायमान बनाउन सके यस क्षेत्रले राम्रै फड्को मार्न सक्ने आकंलन छ ।
विश्वभरी नै कोरोनाले आतङ्क मच्चाइरहेको अवस्थामा नेपालमा कुनै पनि अप्रिय घटना नहुनाले पर्यटकहरुलाई स्वास्थ्यका दृष्टिकोणबाट पनि नेपाल सुरक्षित स्थान रहेको प्रमाणित गरेको छ । हामीले विश्व माँझ नै नेपाल सुन्दर, सुरक्षित र आकर्षक गन्तव्य रहेको प्रचार गर्न सक्छौ । जसले रेमिट्यान्सको विकल्पमा नेपालको अर्थतन्त्रलाई बलियो बनाउन सक्छ । निजी क्षेत्रका लागि प्रोत्साहन सहित आर्थिक पुनरुत्थानका कार्यक्रम ल्याउन सकेको अवस्थामा रोजगारी र्सिजना गर्ने छ र यसले पनि मोबाईल बजारलाई पुनः मद्दत पुगेको छ ।
oppo मोबाईल
चितवन बजार प्रतिनिधि