विवेकशील साझाले गर्यो समानुपाति उम्मेदवार सिफारिस
गुगलपाटी संवाददाताकाठमाण्डौं/विवेकशील साझा पार्टीले प्रदेश सभा समानुपातिक तर्फ तीन सिटमा उम्मेदवार सिफारिस गरेको छ । पार्टीको भागमा परेको तीन सिटमा विवेकशील साझाले बिहीबार उम्मेदवारको सिफारिस गरेको हो ।
केन्द्रीय समिति बैठकले केन्द्रीय संयोजन समिति सदस्य रमेश पौड्याल, शोभा शाक्य र विराजभक्त श्रेष्ठको नाम सिफारिस गरेको पार्टी प्रवक्ता सूर्यराज आचार्यले जानकारी दिए । विवकेशील साझा पौड्यालको नेतृत्वमा ३ नम्बर प्रदेशसभामा सहभागी हुने उनले बताए । विवेकशील साझाले प्रदेश ३ को समानुपातिकतर्फ १ लाख २४ हजार ४ सय ४२ मत सहित ३ सिट पाएको छ ।