कपनका सडकमा मेलम्चीको पाइप बिछ्याइँदै
गुगलपाटी संवाददाता६ जेष्ठ २०७७ ०८:२४
काठमाडौं : लकडाउको समयमा काठमाडौंका अधिकांश सडकहरूले स्वरूप फेर्दै छन्। शहरी क्षेत्रका सडक पिच हुँदै छन् भने अलि ग्रामीण क्षेत्रका सडकमा खानेपानीको पाइप बिछ्याउने काम र ग्राबिलका काम भइरहेको छ। लामो समयदेखि चर्चामा रहेको मेलम्ची खानेपानीका लागि कपनको बालुवखानीदेखि चुन्नीखेलसम्म पाइप बिछ्याउने काम भइरहेको छ।