हेटौंडामा लकडाउनको अवस्था
गुगलपाटी संवाददाताकोरोना भाइरस (कोभिड–१९) ले विश्व नै त्रासमा रहेको बेला हेटौंडामा भने लकडाउन अझै खुकुलो देखिन्छ । बजारमा पैदल यात्रा गर्नेहरुको भिडभाड रोकेको छैन । हेटौंडा बजारको सिमाचोकमा दुईपाङग्रे गाडी र तिन पाङ्ग्रे गाडीको घुँइचो देखिन्छ । भिडभाडलाई कम गर्न प्रहरीले अनावश्यक रूपमा चलेका दुई पाङ्ग्रे र तिन पाङ्ग्रे गाडीलाई बजार प्रवेश गर्न रोक लगाएको छ ।
प्रशासन कार्यालयले बिहान ९ बजेसम्म खाद्यान्न तथा अत्यावश्यक सामग्री किनबेच गर्न पाइने बताएको छ । तर बजारमा भने मानिसहरु र सवारी साधनको भिडभाड अझै कम भएको छैन । कोरोना भाइरस (कोभिड–१९) को कारण नेपालमा संक्रमितको र मृत्यु हुनेको संख्या बढ्दै गइरहेका छन् । हेटौडा २ पिपलबोट नजिक प्रहरीले अनावश्यक चलाइएका ४४ सवारी साधनलाई प्रहरीले नियन्त्रण लिएको छ । बिहान र बेलुका बजारमा हावा खान भन्दै हिड्ने मानिसहरको कमि छैन । समुह समुह मिलेर मानिसहरु आवाजवाज गरिरहेका छन् ।