मनहरी बजार दैनिक ३ घण्टा खुल्ने

गुगलपाटी संवाददाता
६ जेष्ठ २०७७ ०९:५४

मकवानपुरको पश्चिममा पर्ने मनहरी बजारमा खाद्यान्न र तरकारी पसल अब दैनिक ६ बजे देखि ९ बजेसम्म ३ घण्टा खुल्ने भएको छ । हप्तामा दुई दिन मात्रै खाद्यान्न र तरकारी पसल खोल्दा मनहरी बजारमा भीडभाड बढेको र लकडाउनको पालना नभएको पाइएकोले निर्णय परिमार्जित गर्दै बजार दैनिक ३ घण्टा खुल्ने गाँउपालिकाकी उपाध्यक्ष मनिला बिष्टले बताइन ।
दैनिक बिहान ६ देखि ९ बजेसम्म खाद्यान्न तथा अत्यावश्यक सामान किनबेच गर्न पाइने बिष्टले बताइन ।