मकवानपुरका एकजनालाई कोरोना पुष्टि

गुगलपाटी संवाददाता
६ जेष्ठ २०७७ ११:२९

हेटौंडा :  नेपालमा थप २७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा विकास देवकोटाका अनुसार अब नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या ४ सय २ पुगेको छ। थपिएका नयाँ संक्रमित भक्तपुर र ललितपुरका ५ जना छन्।

थपिएका नयाँ संक्रमित १७ देखि ४२ वर्षसम्मका छन्। २४ महिला र ३ जनामा महिला रहेका छन्। झापामा ९, मोरङमा एक, सुनसरीमा एक, सर्लाहीमा दुई, काठमाडौंमा तीन, भक्तपुरमा एक, मकवानपुरमा एक, रामेछापमा एक, ललितपुरमा एक, सिन्धुलीमा एक, लमजुङमा एक, कपिलवस्तुमा चार र नवलपरासीमा एक जना थपिएका हुन्। उनीहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको मन्त्रालयले जनाएको छ। साथै हालसम्म पुरुष ३ सय ४० र ६२ जना महिलामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।