हेटौंडा उपमहानगरपालिकामा खोप कार्यक्रम सञ्चालन
गुगलपाटी संवाददाताचैत्र र बैशाखमा महिनामा रोकिएको खोप कार्यक्रम जेठ १ गतेबाट सुरु भएको छ । हेटौंडा उपमहानगरपालिकाका वडा नम्बर १, २, ३, ६, ८, १०, १२, १४, १५, १६, १७, १८ र १९ गरि १३ वटा वडामा बिहिबार खोप कार्यक्रम सञ्चालन हुदै छ ।
२ वर्षभन्दा कम उमेरका बालबालिकालाई आठ प्रकारका खोप लगाउने कार्यलाई नेपाल सरकारले नियमित खोप कार्यक्रमको रुपमा समावेश गरेको छ । हेटौंडा उपमहानगरपालिकाका सबै वडामा खोप केन्द्र स्थापना गरिएको छ भने ९३ जना स्वास्थ्य स्वयम्सेविका खोप कार्यक्रममा खटिएका छन् ।