बागमति प्रदेशका २६ जनामा पिसिआर परिक्षण गर्दा कोरोना संक्रमित

गुगलपाटी संवाददाता
८ जेष्ठ २०७७ ०८:३९

बागमति प्रदेशमा अहिलेसम्म १८००० भन्दा बढी ब्यक्तिको आरडिटि टेष्ट गरिएको छ । टेष्ट गरिएका मध्ये २२१ एन्टीबढी पोजिटिभ देखाएको सामाजिक बिकास मन्त्रालय चिकित्सा शाखाका प्रमुख डा. पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो । यस प्रदेशका २६ जनामा पिसिआर परिक्षण गर्दा कोरोना भाइरस सङ्क्रमित रहेको सेढाईको भनाई छ ।
नेपालका धेरै ठाँउमा कोरोना भाइरसको सङ्क्रमण देखिन थालेको छ । एकरुपतामा सबै ठाँउका मानिसहरुलाई सुरक्षित राख्ने सेढाईले बताए । प्रदेश सरकारको मुख्य उद्देश्य भनेको आम जनतालाई सु–सुचित पार्दै कोरोना भाइरसको संक्रमणबाट बचाउनु हो । अबका दिनहरुमा पनि सक्रिय भएर काम गरिरहने उहाँको भनाई छ । सामाजिक दुरी कायम राख्न सके भेन्टी«लेसनको कल्पना गर्नु नपर्ने सेढाईले बताउनुभयो । उहाँले घरपरिवारसग पनि संयमित ब्यबहार गर्न सबैसग आग्रह गर्नुभयो । कोरोना भाइरसले विश्वमा अहिले महामारीको रुप लिइरहेका छन् । लकडाउनको अवधी भर सबै घरमा बसी सरकारको नियम पालना गर्न सेढाईले आग्रह गरेका छन् ।