कोरोना संक्रमण फैलिनुमा भारत दोषि
गुगलपाटी संवाददाताप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरस कोभिड १९ को महामारी फैलिनुमा छिमेकी मुलुक भारत दोषि रहेको वताउनु भयो । विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुरुप घर फर्किनेहरुको सीमा पार गर्नुअघि अनिवार्य परीक्षण हुनुपर्ने भए पनि भारतबाट फर्किनेहरुको परीक्षण नभएको र विश्व स्वास्थ्य संगठनको नियमको पालना नभएकाले मुलुकमा संक्रमणको दर बढेको वताए ।
सोमबार साँझ टेलिभिजनमार्फत प्रधानमन्त्री ओलीले देशबासीलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले लकडाउनको मोडल परिवर्तन हुने संकेत गरेका छन ।उनले नेपालमा कोरोना भाइरस नियन्त्रणको स्थिति प्रभावकारी रहेको तर यो ढुक्क भएर बस्ने स्थिति नभएको विश्लेषण गरे ।
समयमै गरिएको लकडाउन, अन्तर्राष्ट्रिय सीमा नाका र उडान बन्द गर्ने निर्णयलगायतका कदमले महामारीबाट हुन सक्ने डरलाग्दो क्षतिलाई जोगाएको प्रधानमन्त्रीले बताए । औषधि र स्वास्थ्य उपकरणको खरीदमा देखिएको समस्या हल भएको र २० वटाभन्दा बढी प्रयोगशाला सञ्चालनमा आएको भन्दै उनले विज्ञहरुको सल्लाहबमोजिम जनसंख्याको कम्तिमा २ प्रतिशतसम्म परीक्षण विस्तार गर्ने लक्ष्य रहेको वताए।
त्यसैगरी क्वारेन्टाइन स्थल बढाउनुका साथै स्तरमा व्यापक सुधार ल्याइने र आवश्यकताअनुसार होटल एवं सार्वजनिक संरचनालाई समेत क्वारेन्टाइनस्थला रुपमा प्रयोगमा ल्याइने र भारतबाट आएकाहरुलाई छिटो परीक्षण गर्न, सामाजिक दूरी कायम गर्न, सुरक्षित ढंगले क्वारेन्टिनमा रहन आग्रह गरेका छन् ।