बागमती प्रदेशको वजेट अधिवेशन सुरु, पूर्वाधार भन्दा कृषि, र स्वास्थ्य क्षेत्रलाई जोड
गुगलपाटी संवाददाता
सोमवार देखि बागमती प्रदेशसभाको छैठौं सभा तथा वजेट अधिवेशन सुरु भएको छ । अधिकंस प्रदेश सभा सदस्य तथा कर्मचारीहरुको पिसिआर परिक्षण गरिएको भएपनि पिसिआरको रिपोर्ट नआउदै पुर्बनिर्धारित मितिमै सभासुरु भएको हो ।
बागमती प्रदेशको छैठौं अधिवेशनमा बोल्दै मुख्यमन्त्री डोरमणि पौडेलले आगामी आर्थिक वर्षमा पूर्वाधारको क्षेत्रलाई भन्दा कृषि, शिक्षा र स्वास्थ्य तथा रोजगारी क्षेत्रलाई बढी जोड दिइने बताउनुभयो । विदेशबाट फर्किएका युवालाई र स्वदेशमा रोजागरी गुमाएका युवालाई व्यवस्थापन हुनेगरी प्रदेश सरकारले बजेट ल्याउने बताउनुभयो । आगामी आर्थिक वर्षमा असहज रुपमा बसिरहेको प्रदेशसभा भवनलगायत आवश्यक भौतिक निर्माणमा प्राथमिकता दिएर बजेट आए पनि कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई जोड दिने उहाँको भनाई छ ।
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ग्रामीण विकास र कृषिलाई उच्च प्राथमिकतामा राखेर तयार पारेको सिद्धान्त र प्राथमिकता बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले सोमवार प्रदेश सभामा पेस गरेका छन् । मन्त्री ढुंगेलले प्रस्तुत गरेको सिद्धान्त र प्राथमिकतामा ‘मेरो गाउँ मै बनाउँछु, बाँझो बारी मै फुटाउँछु’नारालाई अघि सारेको छ ।
सरकारले अघिका आर्थिक वर्षमा दिँदै आएको कृषि अनुदान अब नदिने सिद्धान्त अवलम्वन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्था मार्फत युवालाई कृषिमा जोड्न आवश्यक पहल गर्नेनिति प्रदेश सरकारले लिएको उनले वताए ।