कोरोना निको भएर ४३ जना डिस्चार्ज
गुगलपाटी संवाददाताबीरगंजबाट कोरोना निको भएर ४३ जना डिस्चार्ज भएका छन् । नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसन वार्डमा रहेका उनीहरु सोमबार कोरोना निको भएपछि डिस्चार्ज भएका हुन् ।
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष र अर्का एक पत्रकारसहित ४३ जना डिस्चार्ज भएको अस्पतालका प्रमुख डा। मदन कुमार उपाध्याय बताए । उपाध्यायले उनीहरुको पछिल्लो दुई रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको जानकारी दिए । पछिल्लो ३ दिनमा नारायणी अस्पतालको आइसोलेसन वार्डका ७० जना कोरोना निको भएर घर फर्किएका छन् ।
पर्सामा अब गण्डक अस्पतालमा बनाइएको अस्थायी कोरोना अस्पतालमा २७ जना संक्रमितको उपचार भइरहेको छ ।